दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लिदै , एकै दीन थपिए ७९ जना नयाँ संक्रमित

3153

दक्षिण कोरियामा केहि समययता नियन्त्रणमा आएको  कोरोना भाइरसको महामारी पुनः देखापर्न थालेको छ l बिहिबार मात्र ७९ जना नयाँ संक्रमित देखापरेसंगै  भाइरसले  थप महामारीको रुप लिन थालेको हो l स्वास्थ्य अधिकारीका अनुसार उक्त  संख्यामा नयाँ संक्रमित देखा परेको ५३ दीन  पछिको पहिलो घटना हो l कोरियामा  हाल संक्रमितको संख्या ११ हजार ४ सय ४४ पुगेको छ l

स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो समय कोरियाको अनलाइन सपिंङ सेन्टर कुपाङको  गोदाममा काम गर्ने कामदार बाट फैलिएको कोरोना भाइसरका कारण बिहिबार सम्म  ६९ जना सक्रमित भैसकेका छन् l ख्याङ्गिदो प्रान्तको बुछेन मा रहेको उक्त गोदाम बाट  संक्रमण शुरु भएको थियो l

संक्रमणले महामारीको रुप लिन थालेपछि स्थानीय सरकारले शहरलाई जुन ६ तारिख सम्मको लागि शिल गरेको छ l बुछेंन मेयरले बुधबार फेसबुकमा  स्टाटस लेख्दै उक्त सपिंग सेन्टरको लिंकमा रहेका ३ हजार ६ सय २६ जना पत्ता लागिसकेकोले स्वास्थ्य परिक्षण शुरु गरेको बताएका छन् l

यसभन्दा पहिला इथेवनको रात्री क्लबबाट शुरु भएको सामुहिक संक्रमण भने केहि नियन्त्रणमा आएको छ l

प्रतिक्रियाहरू