मेरो जातिय बिभेद भोगाई र संघर्ष

1299

१. सामुहिक धारा पानी सानो कथित उच्च जात भनिने छिमेकी हरु धारामा गाग्रो थापेर छोड्दिन्थे। पानी लिन जादा गाग्रो धाराबाट  निकाल्न को लागि कसको गाग्रो हो घर घर  मान्छे खोज्दै हिन्नुपर्ने। सायद १२/१३ बर्षको थिए होला , एकदिन स्कुल जान हतार हतार थियो गिलेन बोकेर धारामा पानी लिदै हात मुख धुन गएको सधै झै गाग्रो थापिरहेको स्थिति समय कम आफैले गाग्रो निकालिदिए। छिमेकी कराउदै आए नडराई जवाफ फर्काए। त्यसदिन देखि यो समस्या पुन देखिएन।

२. दोस्रो घटना एकदिन  बुवा र राई साथी सङ  छिमेकी को पसलमा  रक्सी पिउन जानू भएछ। त्यो बेला गिलास माझ्नुपर्ने चलन सङै बसेको साथिको अगाडि आफुले छोएको गिलास पखाल्नुपर्ने जब समय भयो बुवाले  गिलास टिपेर फ्याकिदिनु भएछ तेरो गिलासको दाम कति हो?? सब चुपचाप, गाउँ भरी सन्चार भयो यो समस्या पनि हट्न थाल्यो।

३. कक्षा ८ मा पढ्थे, गाउमा एकजना राई समुदायको दिदिको बिहे थियो। ८/९ जनाको साथीहरू सङको हाम्रो टिमलाई निम्ता थियो। स्कुल छुट्टी भए पछि सङै गयौ। भोजमा साथीहरू सबै सामुहिक रूपमा बस्यौ। धेरैले अचम्म मानिरहेका थिए तर मुख खोलेनन अचानक एकजना मान्छे  आयो र उठाउन खोज्यो। तर मैले बोल्न परेन साथीहरूले नै प्रतिउत्तर गर्नुभयो l त्यो दिनको घटना मनमा नराम्रोसङ बिझ्यो।

४.समय ठ्याक्कै भ्न्न सकिएन तर बिधालय बाट 15/20 मिनेट को दुरिमा रहेको पन्चकन्या देबिको पुजा गर्ने भयो। त्यहाँ म कहिले नपुगेको साथीहरूले तिमी जसरी पनि त्यहा जाने अगाडि छिर्ने योजना बन्यो मान्छेहरु मुखामुख गरेको दृश्य देखिन्थ्यो तर बिना अवरोध पुजा समपन्न भयो। काटिएका बोका भेडा साथीहरू मलाई छुन लगाउदै बोक्ने एकजना शिक्षक को घरमा ल्याएर पकाएर खानपिन भयो। कोहि बिरामी परेनन।

४. कक्षा ९ मा पढ्थे, ५८ सालमा माद्यामिक बिधालय स्तरिय अखिल क्रान्तिकारी विद्यार्थी संगठन गठन भयो म त्यसको सचिब बने। छुवाछूत र सामाजिक  बिकृतीको विरुद्ध संगठन ससक्त रूपमा अगाडि बढयो। साथीहरूको सहयोगमा स्थानीय इहोटेल हरुमा प्रबेस खुल्ला गराइयो। अखिल क्रान्तिकारी मावोबादिको विद्यार्थी संगठन भनेपछी मान्छेहरु डराउथे। मेरो लागि ठूलो चुनौती थियो। केही मान्छेहरु एक्लै हिडडुल गर्दा भेट्मा विभिन्न तरिकाले थर्काउने गर्थे। तर पनि अबिचलित अगाडि बढिनै रहे।

५.पहिलो संविधान सभा निर्बाचन भयो मावोबादी गाउँ कमिटी को सेक्रेटरि बिस्तारै राजनीतिक यात्रा सुरु भयो। ३६ घर दलित परिवार २०४  जनसंख्या  एउटै छातामुनी संगठित भयौ। भ्रस्टाचार र जातिय विभेद को सन्दर्भमा आगो ओकेल्न सुरु गरे।

७. एकदिन गाउँ परिसद बैठक थियो। एकजना काङ्ग्रेस नेताले काम नगरी पैसा झुवाम पारेछ। त्यही मान्छे पार्टी बाट परिसद प्रतिनिधि एमाले र मावोबादी मिलेर बहिस्कार गर्यौ।  ३/४ घन्टा सम्म प्रतिनिधि फेरिएन परिस्थिति बिग्रने जस्तो द्खिन थाल्यो। एमाले मावोबादी बिच बैठक गर्यौ। एमाले का केही नेता पछि हट्न खोजे एकजना भने हुँदैन भनेर दह्रो उभिए त्यसमा म त युवा किन पछि ह्ट्थे। पार्टीको आन्तरिक छ्लफल भयो के गर्ने भ्न्ने हामी सबै  युवा बहिष्कार इज बहिष्कार अर्को विकल्प छैन। त्यसपछि सबै परिस्थिति को सामना गर्ने गरि कडा स्वरमा प्रतिबाद गर्यौ। बाध्य भएर प्रतिनिधि फेर्यो। बैठक चल्यो।

युथ इज युथ नो कम्प्रोमाइज

८.एकदिन दलित हरुको बैठक बस्यौ। गाउमा छुवाछूत को स्थिति बारे छ्लफल गर्यौ। ८ नम्बर वडा तामाङ बस्ती त्यहा जातिय विभेद छैन भ्न्ने कुरा आयो,  थप हौसला मिल्यो।  गाउँभरिको  छुवाछूत नगर्ने परिवारको लगत संकलन गर्यौ।बिस्तारै बजेट ब्यबस्था हुँदै गयो। अन्तरकृया सर्बदलिय छ्लफल सुचना सचेतनामुलक कार्यक्रम इत्यादी गर्दै गएपछी धेरै सुधार हुन थाल्यो।

९.सार्बजनिक कार्यक्रम भोजमा छुट्टै भान्साको अन्त्य गर्ने संकल्प सहित यदि कहिकतै निम्तो गरेर फरक व्यबहार गरेमा बहिस्कार गर्ने निर्णय  प्रचार प्रसार भयो। यसैसङ जोडिएको एउटा घटना एकजना भाइ ( दलित) २ जना गैर दलित साथी सङ बिहेको निमन्त्रणा भोजमा गएछ्न। भोजमा सङै बसे साथीहरुलाई थाल  उसलाई  टपरी दिएपछि  बसाई सङै छ सामग्री फरक  रिसले चुर भएर टपरि  फ्याकिदिएर बिद्रोह गरेपछि गाउभरी  सनसनी मच्चियो। उनै भाइ अहिले राई समुदाय को केटि सङ बिहे गरेर राम्रोसँग जीवन बिताइरहेका छ्न।

१०.कोरिया आउनु भ्न्दा अगाडि ( ६ बर्ष पहिले)सिडियो प्रहरि जिल्ला स्तरीय दलका नेता संघ सस्था को भब्य उपस्थितिमा सहभोज सहित खुल्ल्ला अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेर आए।
४बर्ष अगाडि नेपाल फर्किदा  गाउमा समिक्षा गरियो बिबाह भोज सार्बजनिक कार्यक्रम मा छुवाछुत छैन, सराबरी चल्छ। अधिकास घर परिवार ले घर प्रबेस मा रोक लगाउदैनन। तर जो आफुलाई नेता समाजसेवी सामाजिक अगुवा ठान्नेहरु छ्न उनको मा भने अझै समस्या देखिन्छ।

(लेखक समाजबादी पार्टी नेपालका संघीय परिषद सदस्य समेत हुन् )

प्रतिक्रियाहरू