दक्षिण कोरियाको राजधानी सियोल विश्वका महङ्गगा सहर मध्येको एघारौ स्थानमा

1014

दक्षिण कोरियाको राजधानी सियोल विश्वका महङ्गगा  सहर मध्येको  एघारौ सुचिमा परेको छ l संयुक्त राज्य अमेरिकाको मानव संसाधन परामर्श फर्म मर्सरले मार्चमा गरेको  एक  सर्वेक्षणमा यस वर्ष २०९ वटा महङ्गगा  शहरहरु मध्ये ११ औं स्थानमा सियोल रहेको हो । यो गत वर्षको भन्दा सात स्थान तल छ ।

हंङ्कङ्ले   लगातार दुई बर्षसम्म यस सूचीमा शीर्ष स्थान ओगटेको छ, त्यसपछि अश्गाबट, टोकियो, ज्यूरिख र सिंगापुर दोस्रो स्थानमा छन् l

मर्सरले भनेको छ”  अमेरिकी डलरको बिरूद्ध मापन गरिएको मुद्राको हिसाबले गर्दा  हंङ्कङ्   जीवनस्तर सबैभन्दा महँगो बन्न पुग्यो ”

मर्सरले आवास, यातायात, खाना, घरका सामानहरू र मनोरन्जन सहित २०० भन्दा बढी वस्तु र सेवाहरूलाइ समेटेर तुलानाताम्क रुपले आधारित सर्वेक्षण गर्ने गर्दछ l उक्त संस्थाले बिगत २६ बर्षदेखी बार्षिक रुपमा  सर्वेक्षणको नतिजा प्रकाशित गर्दै आएको छ l

प्रतिक्रियाहरू