कोरियाका राजदूत पार्क योङ–सिक स्वदेश फर्किए

1648

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ–सिक आफ्नो कार्यकाल सकेर स्वदेश फर्किएका छन् । फर्कनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका थिए ।

राष्ट्रपति भण्डारी र राजदूत सिकबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।यसअघि राजदूत पार्कले शुक्रबारै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका थिए ।

प्रतिक्रियाहरू