कोरियाबाट २१ तारिखको उद्वार उडान अझै अनिश्चित , दुतावस भन्छ हामी प्रयासरत छौ

1229

दक्षिण  कोरिया स्थित नेपाली दुतावासका कार्यबाहक राजदुत रामसिंह थापाले कोरियामा भिसा अबधि सकिएका नेपालीलाई स्वदेश फर्काउन आफ्नो तर्फदेखी तयारि  भैसकेको बताएका छन् l हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा उनले कोरियाबाट तत्काल फर्किनु पर्ने नेपालीहरुको नाम सहित सम्पूर्ण विवरण तयार गरि नेपाल सरकारलाई पठाइसकेको बताए l
“दुतावास लाइ दिइएको जिम्मेवारी हामि पुरा गरिसकेका छौ तर अब नेपाल एअरलाइन्सले कोरियामा अनुमति पाउछ वा पाउदैन त्यसैको कुराइमा छौ ”  उनले भने l
आगामी २१ तारिखको उडान निश्चित छ त भनि सोधिएको एक प्रश्नमा उनले अहिले निश्चित छ नै  भन्न सकिने अबस्था नरहेको बताए l हाललाई नेपाल सरकारले नेपाल एअरलाइन्स बाहेक अरु कुनै उडानलाइ अनुमति दिएको छैन l यदि नेपाल एअरलाइन्सले कोरियामा अनुमति पाएन भने २१ तारिखको उडान पनि सम्भावना नरहन सक्छ l उनले थपे l
हामीपनि नेपाल एअरलाइन्सको कोरियामा ल्याण्डडिंग अनुमतिको कुराइमा छौ l त्यसैले पहिलो उडानमा पर्नुहुनेको  नाम सुची समेत सार्बजनिक गरेका छैनौ l यदि नेपालवाट उडान निश्चित भएको जानकारी आएमा यहाबाट गर्नुपर्ने प्रक्रियाको तयारीमा छौं l
यसवारे  नेपाल बायुसेवा निगममा सम्पर्क गर्दा कोरियमा  अनुमति लिने प्रयासरत रहेको एक कर्मचारीले बताए l अब १/२ दीनमा अनुमति पाए २१ तारिख नै उडान हुन्छ यदि पाएन भने केहि समय पर पनि जान पनि  सक्छ उनले भने l
यसभन्दा पहिला पनि एनआरएन दक्षिण कोरियाले उद्वार उडानको प्रयास गरेको थियो तर नेपाल वायुसेवा निगमले कोरियामा अनुमति नपाएकै कारण सम्पूर्ण प्रक्रिया रद्व भएको थियो l

प्रतिक्रियाहरू