कोरियाको जेजु हाल्ला विश्वविधालयका बंगलादेखी बिधार्थिमा समेत देखियो कोरोना संक्रमण

1024

दक्षिण कोरियाको जेजु टापु स्थित जेजुहाल्ल़ा  विश्वविद्यालयका  ३ जना बंगलादेशी बिधार्थिमा कोरोना भाइरसको संक्रमण देखिएको छ l उनीहरु संगै पछिल्लो पटक कोरोना संक्रमण देखिने बंगलादेशी नागरिकको संख्या ६ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l

बिहिबार  ढाका बाट इन्छन आइपुगेका उनीहरु  कोरियन एयरको उडान मार्फत जेजु पुगेका थिए l त्यस्तै उनीहरु संगै आएका अन्य यात्रु  मध्ये एक जना कोरियन नागरिक सहित अन्य ३ जना  बंगलादेशी नागरिकमा समेत संक्रमणको पुष्टि भएको छ l उनीहरु इन्छन विमानस्थल बाट इन्छन , फाजु , नाम्याङ्जु आदि स्थानमा पुगेका  थिए l

जेजु पुगेका १८ जना बिधार्थी मध्ये ३ जनामा संक्रमण देखिएको छ l उहिहरुको जेजु विमानस्थलमा स्वास्थ्य परीक्षण गरिएको थियो l

यसैसाता फिलिपिन्स र पाकिस्तान बाट आएका २ जना बिदेशी नागरिकमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो l कोरियामा शुक्रबार मात्र ४९ जनामा संक्रमण देखा परेको छ जस मध्ये १७ जना हालै मात्र विदेश बाट कोरिया आएका छन्  l

प्रतिक्रियाहरू