कोरियामा प्रवासी कामदारको ब्यापक अभाव , २६ हजार भित्रिनु पर्नेमा २ हजार मात्र भित्रिए

2773

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दक्षिण कोरियामा आप्रवासी कामदार आउने क्रम निकै घटेको छ l यो बर्ष  आवस्यकता अनुसार प्रावासी  कामदार भित्राउन नसक्दा यहाका  साना  देखि मझौला कम्पनीहरुमा ब्यापक रुपमा कामदारको अभाब देखा पर्न थालेको एक सर्वेक्षणले देखाएको छ l

कोरियामा सानादेखि मध्यम कम्पनीहरु प्रवासी श्रममा ठूलो भर परेका छन् lएसएमई  कोरिया फेडरेशनले गरेको एक सर्वेक्षणमामा   यो बर्ष इपिएस (इ-९भिसा)  कामदारको लागि केन्द्रीय सरकारमा निबेदन दिएका १ हजार ६२ वटा साना तथा मध्यम कम्पनीहरुमध्ये ५२ प्रतिशतले कामदार अभावका कारण उत्पादनमा गम्भीर असर परेको बताएका थिए  l

श्रम मन्त्रालयको तथ्यांकअनुसार यो बर्ष २ हजार प्रवासी श्रमिक  कोरिया भित्रिएका छन् l जवकी २०१५ देखि १९ सम्मको तथ्यांकलाइ हेर्दा बर्षको मध्यम सम्म २६ हजार कामदार भित्रिनु पर्ने हो l यो तथ्यांक कुल आबस्यक कामदारको ७ प्रतिशत मात्र हो l

कोरियामा कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि गएको मार्चदेखि हाल सम्म एक जना पनि नया  प्रवासी श्रमिक भित्रिएको छैन l

गत जनवरीको शुरुवातमइ इपिएस कामदारको  माग गरेका कृषि तथा उत्पादनमुलक कम्पनीहरुले हाल सम्म पनि कामदार पाउन सकेका छैनन् l ति कम्पनीहरुले महंङ्गोमा  कामदारराख्नु परेको गुनासो गर्दै आइरहेका छन् l

“महामारी फैलिनबाट जोगाउन विदेशीहरूलाई प्रतिबन्ध गर्न आवश्यक पर्न सक्दछ ” तैपनि  साना तथा मझौला कम्पनिहरुलाइ बन्द हुने अबस्था आउन नदीन कुनै बिकल्प अपनाउनु पर्ने रोजगार दाताहरुले सुझाव समेत  दिएका छन् l
कोरिया टाइम्सको सहयोगमा

प्रतिक्रियाहरू