६ महिनामा ४१ हजार भन्दा धेरै अबैधानिक कामदारले कोरिया छाडे

3010

दक्षिण कोरियामा अबैधानिक तबरले बस्दै आएका बिदेशी कामादारले कोरिया छाड्ने क्रम ह्वात्तै बढेको छ l

कोरिया इमिग्रेशन सर्भिस (केआईएस)का अनुसार गएको डिसेम्बर ११ तारिख देखि जुन ३० तारिख सम्मको लागी  लागुभएको आम माफीको नियम अन्तर्गत कोरिया छाड्नेको संख्या  ४१ हजार १ सय ७६ पुगेको छ l तयस बाहेक  कतिपयले केहि समय भित्रै  कोरिया छाड्ने बाचा समेत गरेको बताएको छ l

कोरियामा लुकिछिपी बस्ने अबैधानिक कामदारको संख्या बढ्न थालेपछि सकारले गत डिसेम्बर देखि यहि जुन ३० तारिख सम्म स्ववेच्छाले कोरिया छाडेमा पुनः कोरिया आउन पाउने तथा फर्किने क्रममा कुनैपनि जरिवाना तिर्न नपर्ने नियम ल्याएको थियो l सोहि नियमलाइ पालना गर्दै उक्त संख्यामा अबैधानिक कामदारहरु स्वदेश फर्किएको अध्यागमनले जनाएको छ l

केआईएस का अनुसार कोरियामा अबैधानिक बस्ने आधा भन्दा धेरै कामदार कोरिया प्रवेश गर्दा भिसा नचाहिने देशका नागरिक छन् l उनीहरु घुम्ने वा अन्य बाहानामा छोटो समयाकोलागी कोरिया प्रवेश गरि अबैधानिक रुपले काम गर्ने गरेका छन् l

प्रतिक्रियाहरू