कोरियामा कोरोना भाइरस : शुक्रवार थपिए २ साताकै सबैभन्दा धेरै संक्रमित

2546

दक्षिण कोरियामा गएको २४ घन्टामा ६३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या १२ हजार ९ सय ६७  पुगेको छ l त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या थपिएको छैन भने निको भै घर फर्किनेको संख्या ७५ रहेको  छ l

यसरि नयाँ संक्रमित थपिनेमा अघिल्ला दिनको तुलनामा शुक्रबार केहि बढी छ  l बुधबार ५१ जना नया संक्रमित फेला परेका थिए भने सोमबार र मंगलबार क्रमस ४२ र ४३ जना संक्रमित थपिएका थिए lत्यस्तै बिहिबार नयाँ संक्रमितको संख्या ५४ रहेको थियो l
कोरिया रोग नियन्त्रण केन्द्र (केसीडीसि) का अनुसार शुक्रवार थपिएका नयाँ संक्रमितको संख्या २ साताकै सबैभन्दा उच्च हो l यसभन्दा पहिला जुन २० मा ६७ जना नया संकमित फेला परेका थिए l शुक्रवार  थपिएका नयाँ संक्रमित मध्ये ५२ जना स्थानीय केस छ भने ११ जना आयातित अर्थात हालै  विदेश वाट कोरिया भित्रिएका ब्याक्ति छन् l

कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या  २८२ पुगेको छ भने ११ हजार ७ सय ५९जना निको भैसकेका छन् l कोरियाले हाल सम्म १३ लाख ७ हजार ७६१ जनामा पिसिआर प्रणाली वाट कोरोना भाइरसको परिक्षण गरेको छ l

प्रतिक्रियाहरू