कोरियामा बसोवास गर्ने बिदेशी मध्ये १५ प्रतिशत अबैधानिक , भिसा छुटमा आएका हरु बढी

1810

दक्षिण कोरियामा बसोवास गर्ने बिदेशी नागरिक मध्ये  १५ प्रतिशत अबैधानिक रहेको एक तथ्यांक सार्बजनिक भएको छ l

न्याय मन्त्रालयले तयार पारेको एक तथ्यांकअनुसार गत जुलाई १५ सम्म कोरियामा ३ लाख ७० हजार ८ सय ८९ जना  आफ्नो भिसा समाप्तिपछी अबैधानिक रुपमा बस्दै आएका छन् l उक्त संख्या कोरियामा बसोवास गर्ने कुल बिदेशी नागरिको  १५ प्रतिशत हो l

यसरि अबैधानिक बस्नेमा छोटो समयावधिको लागि बिसेष  छुट भिसामा कोरिया  आएका बिदेशी नागरिक छन् l उक्त संख्या १ लाख ६४ हजार १ सय ३५ अर्थात कुल अबैधानिकको झन्डै आधा छ l

सन् २०१८मा  कोरियामा आयोजना भएको  ग्रिष्मकालिन ओलम्पिकमा छुट भिसामा कोरिया प्रवेश गरेका अधिकांस बिदेशी नागरिकहरु अबैधानिक बसेको कारण हाल उक्त संख्या बढेको मन्त्रालयले जनाएको छ l

प्रतिक्रियाहरू