कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिए युवा

813

ईपीएस मार्फत रोजगारीको लागी दक्षिण कोरिया जान सम्पूर्ण प्रक्रिया पुरा   गरेर अन्तिम उडानको पर्खाइमा  युवाहरुले  बुधबार प्रदर्शन गरेका छन् ।रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सिर्जना गर्न माग गर्दै उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु…’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन् । उनीहरूले दक्षिण कोरियाको उडान सुरु गरेर आफूहरूलाई छिटो कोरिया पठाउनुपर्ने माग राखेका छन् ।

आफ्ना मागबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाउने उनीहरुको योजना छ ।

प्रतिक्रियाहरू