कोरियामा ३ दिनमा ३ नेपालीको मृत्यु ,कारण; हृदयघात देखि आत्महत्या सम्म

6992

दक्षिण कोरिमा छुट्टाछुट्टै कारण बाट ३  दीनमा ३ जना नेपालीको मृत्यु भएको छ l

गत मंगलवार मोरङका ओम प्रकाश माझि आफ्नै कम्पनिको बासस्थानमा मृत फेला परेका थिए l सोमबार साझ घरपरिवार संग गफ गरेर सुतेका उनि  मंगलवार बेलुका मृत भेटिएका थिए l कम्पनीको होस्टेलमा एक्लै बस्दै आएका उनि मंगलवार साझ सम्म पनि नउठेपछि खोजि गर्ने क्रममा  मृत फेला परेका थिए l

कोरियाको आन्सानमा कार्यरत माझि पहिलो कार्यकाल सकी पुनः आएको पनि  ३ बर्ष पुगेको थियो l ३८ बर्षीय माझीको परिवारमा बाबुआमा श्रीमती तथा १ छोरा समेत रहेका छन् l

त्यसैगरी बिहिबार कोरियाको फारन स्थित आनसानमा कार्यरत अर्घाखाँचीका २३ वर्षिय विक्रम पाण्डे आफ्नै काम गर्ने कम्पनिको छतको कोठामा झुन्डिएको अबस्थामा  अवस्थामा मृत फेला परेका छन् l

अर्घाखाँची सम्पर्क मंचका अध्यक्ष सुन्दर पन्थीका अनुसार उनि  कोठामा झुन्डिएको  अवस्थामा दिउसो १२ बजे मृत फेला परेका हुन  । प्रहरीले मुचुल्का उठाई शवलाइ  स्थानिय अस्पतालमा राखेको छ ।

अविबाहित पाण्डे ३ वर्ष अगाडि कोरियामा आएका थिए । मृत्‍युको कारण आत्महत्या  भएको प्रहरीको प्रारम्भिक अनुशन्धानले बताएको  छ । आवश्यक प्रक्रिया पुराएर छिटो भन्दा छिटो शवलाई  नेपाल पठाउन पहल गरिने अध्यक्ष सुन्दर पन्थीले बताएका छन्  ।

त्यस्तै रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका आर्का एकजनाको पनि बिहिबारनै मृत्यु भएको छ l कोरियाको मक्पो स्थित थेबुलमा कार्यरत कास्की लेखनाथ नगरपालिकाका ओम प्रकाश घर्तीको हृदयघातका कारण आकस्मित मृत्यु भएको मक्पो चौतारीका अध्यक्ष रोशन पौडेलले जानकारी दिएका छन l

करिब ४५ बर्षीय घर्ति १० बर्ष अघि कोरिया आइ अबैधानिक रुपमा बस्दै आएका थिए l  उनि काम गर्ने अबस्थामा केहि अफ्थ्येरो महसुस भएपछी आराम गर्न निस्किदै गर्दा एक्कासी ढलेका थिए l तुरुन्तै अस्पताल पुर्याइएता पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो l  बिबाहित घर्तीका  नेपालमा श्रीमती र  २ सन्तान समेत रहेको बुझिएको छ l

सियोल स्थित नेपाली दुतावासले ३ वटै घटनाको पुष्टि गरेको छ l घटनाको बारेमा जानकारी आएको बताउदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले कोभिड १९ का कारण शव नेपाल पठाउन अलिकति असहज हुनसक्ने  बताउनु भयो l

हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा बास्तोलाले “सार्है दुखत घटना घटेको बताउदै नियमित उडान हरु बन्द छन् l  चार्टर्ड उडानको पनि खासै टुङ्गो छैन l यो  अबस्थामा नेपाल शव पठाउन अलिकति अफ्थ्येरो हुन्छ कि भन्ने हामी महसुस गरिरहेका छौ l तैपनि  घरपरिवारको इच्छा अनुसार नेपाल पठाउन हामी कोसिस गर्नेछौ l”  असहज परिस्थितिमा घतापरिवार बाट अनुमति भए यतै पनि दाहसस्कार गर्न सकिने उहाको भनाइ छ   l

प्रतिक्रियाहरू