फेरी किन रोकियो इन्छन – काठमाडौँ उद्धार उडान ?

5646

कोरियाबाट मार्च १६ तारिखको दिन अन्तिम निमियत उडान भएको थियो तत्पश्चात नेपाल जान रोकिएका हजारौ नेपाली नागरिक मध्ये २० जुन र १० जुलाईको कोरियन एयरको चार्टर उडान मार्फत जम्मा ४७६ जना मात्र नेपाली कोरिया बाट नेपाल पुग्न सफल भएका छन। अझ धेरै ठुलो संख्यामा यात्रुहरु स्वदेश जाने जहाज कुरेर बसेका छन्, कतिको भिसा सकिएर समस्यामा छन्, कतिलाइ कम्पनीले निकालिदिएको हुनाले बस्ने ठाउँको समस्या, घरमा घटेका दुखद घटनामा सामेल हुन नपाउदाको पिडा, लामो समय काम छोडेर बसेकोले बेखर्ची बनेका आदि समस्याले तिनलाई पिरोलेको छ।

१५ जुलाईमा पनि कोरियन एयरको उडान हुने निश्चित जस्तै भैसकेको  थियो तर एकाएक रद्द भएको बताईन्छ, कारण बारे बुझ्न खोज्दा नेपाल बाट आउने करिब १८२ यात्रुको लागि खोजिएको सामुहिक क्वारेन्टाइन स्थल  कोरियाले अस्वीकृत गरेकोले नेपाल बाट आउने यात्रु नभएकोले उडान नहुने जनाउ दिएका छन। स्मरणीय के छ भने नेपाल बाट कोरियाको लागि उड्ने यात्रुबाट चर्को टिकट शुल्क प्रति यात्रु $१२५० असुलेको एजेन्सीले इन्छन बाट काठमाडौँ  उड्ने यात्रुलाई प्राथमिकतामा राखेको छैन अन्यथा कोरियाबाट जाने यात्रुको कुनै कमि नभएको स्पष्ट नै छ।

यो अवस्थामा कोरियामा रहेका नेपाली घर फर्किन कहिले पाउने भन्ने कुरा नेपालबाट उड्ने यात्रु संख्या कहिले पुरा हुन्छ भन्ने कुरेर बस्न पर्ने देखिन्छ। यो बिषयमा नेपाली दुताबासले अलग्गै पहल गरेर कोरियाका नेपालीलाई छिटो स्वदेश उडाउनु पर्यो भन्ने धेरैको अनुरोध छ। नेपाल सरकारले कोरियन एयरलाइ मात्र उडान भर्न मिल्ने एकाधिकार खालको स्थिति सिर्जना गरेको कारणले पनि यो समस्या बल्झिएको छ।
यसै बीचमा कोरियन एयरको भन्दा सहुलियत दरको भाडा तय गरेर जिन एयरले उडान अनुमति मागेको सम्बन्धमा बिना कुनै चित्त बुझ्दो कारण नेपालको पर्यटन मन्त्रालयले अनुमति रोकेर राखेकोछ।
 [मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार नेपाल एयरलाइन्सलाई पनि कोरिया उडान अनुमति दिइएको अवस्थामा मात्रै कोरियाको जिन एयरसहित अन्य विमान कम्पनीको हकमा नीतिगत व्यवस्था गरी अनुमति प्रदान गर्न सकिन्छ। ]
हवाई उडान सम्बन्धि चासो राख्ने सबैलाई थाहा छ कोरियाले यूरोपियन स्टाण्डर्डको सुरक्षा मापदण्डलाइ उडान सुरक्षाको आधार मानेको छ, ति आधारहरु पुरागरेको र अन्य कोरियाकै हवाई उडान सम्बन्धि  सर्तहरु पनि पुरा  गर्ने जहाज कम्पनीलाई मात्र उडान अनुमति दिन सकिने भनि पटक पटक जानकारी गराएको कोरियाको भुमि, पुर्बधार र यातायात मन्त्रालयले जनाएको छ। नेपाल एयरलाइन्स सहित नेपालका सबै हवाई कम्पनि यूरोपियन युनियनको कालोसूचीमा परेको धेरै भैसकेको छ र हाल सम्म पनि सरकारले सो सुचीबाट हटाउन ठोस पहल गरेको छैन।

तसर्थ नियमित होस् या चार्टर जुनै उडान भए पनि यी मापदण्ड पुरानगरि नेपाल एयरलाइन्स कोरिया आउन सक्ने देखिदैन। कोरियाले अनुमति दिएन भन्नु भन्दा पहिला नेपाल सरकारलेनै उड्डयन सुरक्षा विश्व स्तरको बनाउन धेरै काम गर्नुपर्ने देखिन्छ। आफ्नो स्तर अभिवृद्धिको लागि आवस्यक कार्य नगरी आपतमा परेका नेपालिलाइ उद्दार गर्न नेपाली  दुताबासबाट नै सिफारिस भएको जहाज कम्पनीलाइ उडान अनुमति नदिनुको पछाडी मन्त्रालयका उच्च अधिकारीको मिलेमोतो र बदनियत झल्किन्छ।

नेपाल जाने जहाज र मितिको टुंगो नहुँदा अफ्ठेरोमा परेका नेपालीले केहिले आक्रोसित हुदै त केहिले दुख-बिलौना गर्दै आफ्नो समस्या यसरि पोख्ने गरेका छन् l:

सुवनमा बस्नुहुने योएल थापा नेपाल जान नपाउदाको पिडा कहिल्ल्यै बिर्सन नसक्ने बताउनुहुन्छ; आफ्नी ममतामयी आमालाइ निक्कै गम्भीर स्वास्थ्य समस्या भएकोले आफु आमालाई भेट्न सार्है बेचैन भएको र उहाँको स्वास्थ्य प्रति चिन्तित भएकोले धेरै पिडामा हुनुहुन्छ।  सरकारलाई यो अबरोध खुलाई सकेसम्म छिटो नेपाल जाने बाताबरण मिलाइदिन अनुरोध गर्नुभएको छ।

त्यस्तै मक्पो को एक कृषि फारममा काम गर्ने इटहरीकी अमृता अधिकारि ब्याथा पनि उस्तै छ “भिसा सकिएको पनि ३ महिना भैसक्यो  कम्पनीले छिट्टो गैदिये हुन्थ्यो जस्तो ब्याबाहार गरिरहेको छ l बिना काममा अर्काको देशमा बस्नु पर्दा सार्है तनाव हुदो रहेछ  l हामी पनि देशका नागरिक हौ, सरकारले तोकेको क्वारेन्टाइन को नियम पूर्ण रुपमा मान्न तयार छौ l हामीजस्ता बिचाल्लिमा परेका हजारौ नागरिकलाई नेपाल सरकारले छिटोभन्दाछिटो उद्वार गरोस भन्न चाहन्छु “l हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा उहाको गुनासो थियो l

त्यस्तै अनसानमा कार्यरत लतितपुरका बिनित ढुंगेलको पिडा अझै दयनीय छ l उहाको भिसा सकिएको ४ महिना भैसेको रहेछ l कम्पनीले कोठामा बस्न नदिएर कहिले सेल्टर त कहिले साथीभाईकोमा बस्न थालेको २ महिना  भइसकेछ l उहाको गुनासो यस्तो छ “अलि अलि भएको पैसा पनि बाहिर बस्दा बस्दा सकियो अब पनि सरकारले नेपाल जाने अनुमति नदिए मेरो त बिचल्ली नै हुन्छ ” l

यो वारेमा कोरिया स्थित नेपाली  दुतावासले भने आफुहरुले यहा बाट नेपालीहरुको समस्याको बारेमा नेपाल सरकारलाई जानकारी गराइरहेको तर  उडान सम्बन्धमा  भने  आफुहरुले केहि गर्न नमिल्ने बताउछ l

सियोल स्थित नेपाली दुतावासका प्रथम सचिव उद्वाव न्यौपानेले भन्नु हुन्छ “यहि १५ तारिखको लागि कोरियन एअर नेपाल जाने निश्चित भएको थियो तर  कोरियाले एक्कासी क्वारेन्टाइन रद्व  गर्यो र नेपाली हरु अहिलेलाई कोरिया  प्रवेश गर्ने अबस्था रहेन त्यसकारण एकतर्फी उडान भर्न कोरियन एअर तयार नभएकै कारण रद्व भएको हो l हामीले कोरियाबाट भिसा सकिएका नेपालि फर्काउन पहल गरिरहेका छौ l अब अर्को उडान छिट्टै हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौ ” l

प्रतिक्रियाहरू