दक्षिण कोरियामा गएको २४ घन्टामा ६१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या १३ हजार ६सय १२ पुगेको छ l त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या २ छ भने निको भै घर फर्किनेको संख्या ४८ रहेको छ l
यसरि नयाँ संक्रमित थपिनेमा अघिल्ला दिनको तुलनामा बिहिबार केहि बढी छ l बुधबार ३९ जना जना नया संक्रमित थपिएका थिए l त्यस्तै बिहिबार थपिएका नयाँ संक्रमित मध्ये १४ जना स्थानीय केस छ भने विदेश बाट संक्रमित भै आउनेको संख्या ४७ छ l
कोरियामा हाल सम्म विदेशबाट संक्रमित भै आउनेको संख्या १९६६ पुगेको छ l यसरि विदेशबाट संक्रमित भै आउनेको संख्या बढ्न थालेपछि कोरियाले उच्च संक्रमित देशबाट कोरिया भित्रिने नागरिकको लागी भिसा प्रक्रिया तथा क्वारेन्टिइनको नियम कडा पारेको छ
कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या २९१ पुगेको छ भने १२ हजार ३ सय ९६जना निको भैसकेका छन् l कोरियाले हाल सम्म १४ लाख ४१हजार ३ सय ४८ जनामा पिसिआर प्रणाली वाट कोरोना भाइरसको परिक्षण गरेको छ l
कोरियामा आज मात्रै थपिए ६१ जना कोरोना भाइरसका नया संक्रमित
प्रतिक्रियाहरू