कोरियाले दियो टिकटोलाइ सुध्रिन ३० दीन को अल्टिमेटम , जरिवाना भने कायमै

1076

दक्षिण कोरियाले सामाजिक संजाल  टिकटोक माथि १ सय ८६ मिलियन वन अर्थात १ लाख ५५ हजार अमेरिकी डलर  जरिवाना लगाएको छ l

पछिल्लो समय युवापुस्तामा लोकप्रिय बनेको  सामाजिक संजाल टिकटोकले अभिभावकको सहमतिबिना १४ बर्ष भन्दा मुनिका  बच्चाहरुको डेटा संकलन गरेर   स्थानीय दूरसञ्चार कानूनको उल्लंघन  कोरिया कम्युनिकेसन कमिशन (केसीसी) को अनुसार ठहर छ l

कोरियन प्रयोगकर्ताहरूलाई व्यक्तिगत डेटाहरु  विदेशमा स्थानान्तरणको बारेमा समेत  राम्रोसँग सूचीत नगरेको केसीसीले बताएको छ

टिकटकले अबैध रुपमा  १४ बर्ष भन्दा मुनिका स्थानीय प्रयोगकर्ताहरुको  ६ हजार डेटा संकलन गरेर अनुमति बिना यसको सर्भरलाइ अमेरिका तथा सिंगापुर सारेको आरोप केसिसिले लगाएको छ l यसरि सर्भर स्थान्तरण गर्दा प्रयोगकर्तालाई  कुनैपनि पुर्व सूचना नदिएको बताएको छ  l

गतबर्ष अक्टोबरमा  जानकारिबिनै बच्चाबच्चीको डेटा कलेक्सन गरेको आरोपमा संयुक्त राज्य अमेरिकाले टिकटोक माथि ५.७ मिलियन डलर जरिवाना लगाएको थियो l  हाल भारतले समेत यो एप बन्द गरेको छ l

दक्षिण कोरियामा कोशोर किशोरि बीच लोकप्रिय बनेको टिकटोकाका प्रयोगकर्ता  डिसेम्बरको अन्तिम सम्म  ३.४ मिलियन रहेको छ l सन २०१७ देशी शुरु भएको यो संजाल  कोरियामा धेरैजसो  के-पप समूहहरू र कलाकारहरूले प्रयोग गरिरहेका छन् ।

बिना सुचना ब्याक्तिगत डेटाहरु बाहिरिन थालेको पछी कोरियाले टीकटोकमाथि  जरिवानाको साथमा आफ्नो एप सुधार्न ३० दिनको अल्टिमेटटम दिएको छ l त्यसको लगत्तै टिकटोकका एक अधिकारीले के- पप स्टारहरूका अकाउन्ट हरु डीलिट गरेको बताएपनि केहि केहि के- पप स्टारहरुका एकाउन्ट हरु अझै पनि एक्टिभ नै रहेको बताइएको छ l

उद्योग ट्रयाकर सेन्सर टावरका अनुसार गएको ३ महिनामा विश्वभर २ बिलियन पटक टिकटक डाउनलोड गरिएको छ lयोंघाप

प्रतिक्रियाहरू