कोरियाको योंङ्गिन स्थित एक भवनमा भिषण आगलागी ५ को मृत्यु केहि घाइते

1139

दक्षिण कोरियाको योंङ्गिन शहरमा रहेको एक वितरण केन्द्रमा आगलागी हुदा ५ जनाको मृत्यु भएको छ l कोरियन समाचार एजेन्सी योंघापका अनुसार उक्त शहरमा रहेको  एसएलसी वितरण केन्द्रमा बिहान ८ बजेर २९ मिनेट जादा भिषण आगलागी शुरु भएको थियो l

आगलागीको १० मिनेटमै अग्नि नियन्त्रकहरु घटना स्थल पुगेको भएता पनि आगो नियन्त्रण भन्दा बाहिर रहेकोले केहि मानिसहरु   हताहत हुनुबाट बचाउन नसकेको बताएको छ l

उक्त समयमा  वितरण केन्द्रमा ६४ जना कर्मचारी कार्यरत थिए l ति मध्ये ४ जना गम्भीर घाइतेका छन्  भने बाकि सामान्य घाइते भएका छन् l सबै घाइते तथा मृतक हरु भवनको चौथो तल्लामा भेटिएका थिए lआगलागीको कारण वारे प्रहरीले बिस्तृत अनुशन्धान गरिरहेको बताएको छ l

सन् २०१८ मा निर्मित उक्त वितरण केन्द्रमा  हाल १५० जना कर्मचारी रहेका छन् l

प्रतिक्रियाहरू