कोरियामा पछिल्लो २४ घन्टामा थपिए ६३ जना कोरोना भाइरसका नँया संक्रमित

643

दक्षिण कोरियामा गएको २४ घन्टामा ६3 जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या १३ हजार ८ सय ७९  पुगेको छ l त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या १छ भने निको भै घर फर्किनेको संख्या ५५ रहेको  छ l
यसरि नयाँ संक्रमित थपिनेमा अघिल्ला दिनको तुलनामा बुधबार  केहि बढी छ  l मंगलवार  ४५ जना नया संक्रमित थपिएका थिए  l त्यस्तै बुधवार  थपिएका नयाँ संक्रमित मध्ये २९ जना स्थानीय केस छ भने विदेश बाट संक्रमित भै आउनेको संख्या ३४  छ  l
कोरियामा हाल सम्म विदेशबाट संक्रमित भै आउनेको संख्या २१२६ पुगेको छ l यसरि विदेशबाट संक्रमित भै आउनेको संख्या बढ्न थालेपछि कोरियाले उच्च संक्रमित देशबाट भित्रिने नागरिकको लागी भिसा प्रक्रिया तथा क्वारेन्टिनको  नियम कडा पारेको छ l
कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या  २९७ पुगेको छ भने १२ हजार ६ सय ९८जना निको भैसकेका छन् l
कोरियाले हासम्म १४ लाख ९२ हजार ७१ जनाको पिसिआर प्रविधि बाट कोरोना परिक्षण  गरेको छ।

प्रतिक्रियाहरू