दक्षिण कोरियाको आर्थिक बृद्वी दुइ दशक यताकै सबैभन्दा कमजोर

762

पछिल्लो ३ महिनाको अबधिमा दक्षिण कोरियाको आर्थिक बृद्वी नाटकीय रुपले गिरावट आएको छ l बैंक अफ कोरियाले बिहिबार प्रकाशित गरेको  एक तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा आएको गिरावट संगै आर्थीक बृद्वीमा कमि आएको हो l पछिल्लो ३ महिनामा  आर्थिक बृद्वी ३.३ प्रतिशतले गिरावट आएको छ l यो गिरावट दोस्रो त्रैमासिक को तुलनामा १.३ प्रतिशतले बढी हो l

विश्वव्यापी रुपामा फैलिएको कोरोना भाइरसका कारण अप्रिल देखि जुन सम्म ३ महिनाको कुल  गार्हस्थ्य उत्पादन २.९ प्रतिशतले कमि आएको छ  l

केन्द्रीय बैंकका अनुसार हालको आर्थिक बृद्वी दर सन् १९९८  यताकै  सबैभन्दा कमजोर हो l उक्त समयमा कोरिया लागाएत  एसियाब्यापी रुपामा आर्थिक मन्दी छाएको  थियो l

दक्षिण कोरियाको ठुलो अर्थतन्त्र निर्यातमा भर पर्ने गरेको छ l तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान बिसेष गरि यातायातका साधन तथा स्मार्ट फोनहरुको  निर्यातमा १३ .६ प्रतिशतले गिरावट आएको छ l निर्यातमा आएको भरि गिरावट सन् १९७४ पछिको सबैभन्दा धेरै हो l

 

प्रतिक्रियाहरू