कोरियामा अत्यधिक बर्षा संगै बाडीको को प्रकोप ,५ जनाको मृत्यु केहि, स्थान जलमग्न

2620

दक्षिण कोरियामा बिहिबार देखि परेको अत्यधिक बर्षा संगै आएको बाडीका कारण  बुसान ,उल्सान लगाएतका स्थानहरु जलमग्न भएका छन् l कोरिया केन्द्रीय दैबी प्रकोप ब्याबस्थापकका अनुसार बर्षा संगै आएको बाडीका  कारण ५ जनाको मृत्यु भएको छ l

कोरियाको बुसानमा ३ जाना कार भित्रै मृत भेटिएका थिए भने  एक जना उल्सान तथा अर्का एकजना खिम्पोमा मृत भेटिएका थिए l उनीहरुलाई बाडीले बगाएको हुनसक्ने अनुमान गरिएको छ l बर्षा संगै आएको अत्यधिक हावाहुरीका कारण  ४ जना घाइते भएको दैबी प्रकोप विभागले जनाएको छ l

शुक्रवार दिउसो सम्म २८९ घरहरु जलमग्न भएका छन् भने घरभित्रै थुनिएका ५१ जनाको उद्वार गरिएको छ l यसरि जलमग्न हुनेमा सबैभन्दा धेरै  १६२ घर बुसान क्षेत्रका छन् भने उल्सान , इन्छन ,उत्तरी ख्यांङ्सान ,ख्याङ्गिदो  आदि स्थानमा पनि केहि घरहरु जलमग्न भएको बताइएको  छ l

कोरियाको बुसानमा ८१ मिलिलिटर प्रतिघन्टाको दरले पानी परेको बताइएको छ  l कोरिया  मौसम विभागका अनुसार उक्त बर्षा सन् १९२० यताकै सबैभन्दा  ठुलो हो lबर्षाका कारण जमिन मुनिका बाटोमा पानी  जमेको छ भने राजमार्गहरु जलमग्न भएका छन् l

राजधानी सियोलमा पनि अत्यधिक बर्षाका कारण केहि समयलाइ राजमार्गहरु बन्द गरिएका थिए l

आगामी शनिवार सम्म उच्च बर्षा संगै हावाहुरीको सम्भावना रहेकोले सतर्क रहन  मौसम विभागले सबैमा अनुरोध गरेको छ l

प्रतिक्रियाहरू