कोरिया सरकारले काम गर्ने अनुमति सहित बिदेशी कामदारको बसाइ अझै लम्ब्याउने

10065

दक्षिण कोरियाले यहाँ रहेका बिदेशी कामदारको भिसा अझै लम्ब्याउने तयारि गरेको छ  l विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९का कारण कतिपय देशका नागरिक स्वदेश फर्किने अबस्था नरहेको अबस्थामा सरकारकले सो नीति ल्याउने भएको हो l

प्रधानमन्त्री चुङ् से -क्यूनले बुधाबार एक कार्यक्रममा बोल्दै सम्बन्धित देशमा प्रवेश अनुमति  नभएका विदशी कामदारको लागी सरकारले अस्थाई बसोवासको लागी थप अनुमति दिने तयारि गरेको बताए l

” भिसा थप गरिएका कामदारले अस्थाई कामदारको रुपमा काम गर्ने अनुमति पनि पाउने छन् lउनीहरुलाई बिसेष गरि कृषि फारम तिर कामको लागी प्रोत्साहन गरिने छ l ” उनले भने

यसरि सरकारले थप बसाइ अनुमति दिने भएपछी तत्काल  स्वदेश फर्किने अबस्था नरहेका  हजारौ बिदेशी कामदार लाभान्वित हुने अनुमान गरिएको छ l

हाल दक्षिण कोरियामा साना तथा मझौला कम्पनि तथा कृषि फारम तिर  बिदेशी कामदारको आभाव  रहदै आएको छ l कोरोना भाइरसको माहामारीका  कारण यो बर्ष कोरियामा नगण्य रुपमा विदशी कामदार भित्रिएका छन् l

प्रतिक्रियाहरू