दक्षिण कोरियामा गत शनिवार देखि परेको अविरल बर्षा संगै आएको बाढीका कारण हाल सम्म १८ जनाको मृत्यु भएको छ l कोरिया प्रकोप नियन्त्रण केन्द्रले बिहिबार जनाएअनुसार बाढी मा परि हाल सम्म ११ जना हराइरहेका छन l
हराइरहेका मानिसहरुको खोजि कार्य भैरहेकोले मृतकको संख्या थपिन सक्ने केन्द्रले बताएको छ l
बाढीका कारण सबैभन्दा ठुलो क्षति राजधानी सियोल तथा आसपासका क्षेत्रमा भएको छ l बाढीले अस्तब्यास्त बनाएपछि राजधानी वाट बाहिरिने केहि मुख्य राजमार्गहरु बन्द गरिएको छ l
राजधानी सियोलको मुटुमा रहेको हान नदी नियम्न्त्रण बाहिर पुगेपछि बिहिबार बिहान हाइ अलर्ट जारि गरिएको थियो l
हान नदिमा पानीको बाहब उच्च भएपछी त्यसका आसपासका क्षेत्रहरु योंङ्सान , मापो ,योङ्दम्फु लगाएताका क्षेत्रहारु उच्च जेखिमामा परेका छन् l
त्यस्तै खाङ्वन्दो क्षेत्रका छेउरोन ख्याङ्गिदो क्षेत्रका येनछेवन, फाजु लगाएतका स्थानहरुका २ हजार भन्दा धेरै घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ l
मनसुन अझै सक्रिय रहेकोले शुक्रबार राजधानी तथा आसपासका क्षेत्रहरुमा ५० मिलिमिटर प्रतिघन्टा भन्दा माथी बर्षा हुने अनुमान रहेकोले सबैलाई सचेत रहन कोरिया मौषम विभागले अनुरोध समेत गरेको छ l