कोरियामा नेपाली श्रमिक मिनोद मोक्तान स्मृति पुरस्कार स्थापना,को हुन मोक्तान

1420

दक्षिण कोरियाको ख्याङ्गिदो स्थित बिदेशी सहयोग केन्द्र नामम्याङ्जुले नेपाली श्रमिक मिनोद मोक्तान स्मृति पुरस्कार स्थापना गरेको छ l लामो समय कोरिया बसी प्रवासी श्रमिकको हकहितमा काम गरेको भन्दै उनको नामबाट स्मृति पुरस्कार स्थापना गरिएको हो l

सहयोग केन्द्रका अनुसार कोरियामा रही प्रवासी श्रमिकको हकहितमा काम गर्ने जो कोहिले पनि उक्त पुरस्कार पाउन सक्ने छन् l बिजेतालाई ३० लाख कोरियन वोन बराबरको मिनु स्मृति पुरस्कार दिईने छ l

“मेमोरियल पुरस्कार मार्फत हामी उनको मृत्युको सम्झना गर्नेछौं र उनको उपलब्धिहरू सम्झनेछौं। केन्द्रका  निर्देशक ली योंगले शुक्रबार भने, “हाम्रो समाजमा  प्रवासी कामदारहरूको लागि अझ राम्रो ठाउँ बनाउने लक्ष्य राख्दछौं,” यो कोष जुटाउने अभियान आधिकारिक रूपमा अगस्ट मध्यमा शुरू हुनेछ। हामी आप्रवासी मजदुरको अधिकारमा चासो राख्नेहरुबाट सहभागिताको आशा गर्दछौं। ” “(कोरिया टाइम्समा ली ह्यू जिनको रिपोर्ट)

को हुन मिनोद मोक्तान

सन् १९९२ मा पर्यटन भिषामा दक्षिण कोरिया आएका मोक्तानको कोरियन नाम (मिनु  ) हो  l उनले  कोरियामा १७ बर्षको बसाइ अबधिभर  प्रवासी श्रमिकको  हकहितको लागी आफ्नो आबाज बुलन्द गराउदै आएका थिए l उनलाई मानवाधिकारवादीको रुपमा चिनिने गरिन्छ l

उनि तथा उनि संगैका सहकर्मीहरुको संयुक्त प्रयासमा सन् २००३ मा बहुसास्कृतिक संगीत ब्याण्ड “स्टप क्रयाकडाउन ” स्थापना भएको थियो l उनले सन् १९९९मा केबिएस इन्टरटेनमेन्ट पुरस्कार पनि प्राप्त गरेका थिए l

 

उनले कोरियाको MWTV मार्फत    श्रमिकको हकहितमा आफ्नो आवाज बुलन्द बनाउदै आएका थिए l तर सन् २००९ मा कोरिया सरकारले उनलाई पुनः आउन नमिल्ने गरि स्वदेश फर्कायो l

सन्  २०१८ को सेक्टेम्बर मा   उनको जीवन काहानिमा आधारित “फ्री मिनु” नामक डकुमेन्ट्री  चलचित्र  १० औ  DMZ अन्तर्राष्ट्रिय वृत्तचित्र फिल्म फेस्टिवलमा प्रीमियर गरियो l उक्त कार्यक्रमको लागी उनि पुनः कोरिया आउने अवसर पाएका पाए   l

कार्यक्रम सकेर  कोरिया बाट फर्किएको केहि हप्तामै अक्टोबर १५ सन् २०१८मा उनको हृदयघातका कारण दुखत निधन भएको भयो  l

उनकै सम्झनामा हाल  बिदेशी सहयोग केन्द्र नामम्याङ्जुले  मिनु स्मृति पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ l उक्त पुरस्कार कोरियामा रही प्रवासी श्रमिकको हकहितमा काम गर्ने उत्कृष्ट सामाजिक ब्याक्तित्वलाई प्रदान गरिने छ l

प्रतिक्रियाहरू