कोरियामा एक दशक यताकै उच्च बर्षा , ३० जनाको मृत्य हजारौं घरबार बिहिन

1524
±¹Áö¼ºÈ£¿ì¿¡ µµ½É °ñ¸ñ±æ ħ¼ö (±¤ÁÖ=¿¬ÇÕ´º½º) ¹Úöȫ ±âÀÚ = 27ÀÏ ¿ÀÀü ±¤ÁÖ ³²±¸ ÁÖ¿ùµ¿ ÀÏ´ë°¡ ½Ã°£´ç 60§®ÀÌ»ó ½ñ¾ÆÁø ±¹Áö¼º È£¿ì·Î ¹°¿¡ Àá°Ü ÀÖ´Ù. 2018.8.27 [±¤ÁÖ ³²ºÎ¼Ò¹æ¼­ Á¦°ø] pch80@yna.co.kr/2018-08-27 15:06:41/

दक्षिण कोरियामा बिगत केहि साता अघिदेखि परेको अविरल बर्षा पछी आएको  बाढीका कारण ज्यान गुमाउनेको संख्या ३०  पुगेको छ l धेरै मानिसहरु बाढीमा बेपत्ता भएको कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ l

कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेशनका अनुसार  उच्च आधिबेरी कोरिया नजिकिदै गरेकोले  हालको बर्षा अझै केहि दीन रहने अनुमान गरिएको छ l उक्त बर्षा बिगत १ दशक यताकै उच्च हो l

अगस्ट १ तारिख देखि कोरियामा उच्च बर्षा हुदै आइरहेको छ l बर्षा पछी आएको बाढीमा परि बेपत्ता हुनेको संख्या १२ पुगेको छ भने ८ जना घाइते भएका छन् l त्यसैगरी बाढीले बस्ति बगाउदा ६ हजार मानिसहरु घरबार बिहिन भएका छन् l उनिहरुलाई सुरक्षित स्थानमा सारिएको छ l

बाढीका कारण मानवीय क्षतिको बारेमा केहि लेखाजोखा भएपनि भैतिक क्षतिको बारेमा भने कुनै लेखाजोखा हुन सकेको छैन l
कोरियामा हाल पनि मुसलधारे बर्षा यथावत नै छ l

प्रतिक्रियाहरू