कोरियामा १ महिनामा बेरोजगार भत्ता लिनेको संख्या ७ लाख नाग्यो

1148

दक्षिण कोरियामा  बेरोजगारी भत्ता पाउनेको संख्या गत जुलाईमा सबैभन्दा उच्च रहेको छ l विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाउनेको संख्या उच्च भएपछी सो संख्यामा बृद्वी भएको हो l

श्रम  तथा रोजगार मन्त्रालयका अनुसार गत जुलाईमा  सरकारले आफ्ना नागरिकलाई  १.१८ ट्रीलियन वोन  अर्थात १ बिलियन अमेरिकी डलर बेरोजगारी भत्ता उपलब्ध गराएको छ l उक्त रकम गत बर्ष जुलाईको भन्दा ५६.६ प्रतिशत बढी हो l
यसभन्दा पहिला मे महिनामा १ ट्रीलियन वोन बराबरको बेरोजगारी सुबिधा उपलब्ध गराएको थियो l उक्त सुबिधा जुलाईमा मात्र ७ लाख ३१ हजारले प्राप्त गरेका छन् l

लामो समय देखि फैलिएको कोरोना भाइरसका अकारण बाह्य निर्यातमा कमि आएसंगै रोजगारी गुमाउनेको संख्या अत्यधिक बढेको छ l यद्यपी सरकारले भने ठुलो संख्यामा नयाँ रोजगारी सिर्जना गर्ने तयारि गरेको बताएको छ l

 

प्रतिक्रियाहरू