कोरियामा कोरोना संक्रमण बढ्दो , शुक्रबार थपिए बिगत ४ महिना यताकै सबैभन्दा धेरै संक्रमित

1513

दक्षिण कोरियामा गएको २४ घन्टामा १०३  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या १४  हजार ८ सय ७३  पुगेको छ l त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या सुन्य  भने निको भै घर फर्किनेको संख्या ४६  रहेको  छ l

यसरि नयाँ संक्रमित थपिनेमा अघिल्लो दिनको तुलनामा  शुक्रबार झन्डै डबल छ   l बिहिबार  ५६ जना नया संक्रमित थपिएका थिए  l त्यस्तै शुक्रबार   थपिएका नयाँ संक्रमित मध्ये ८५ जना  जना स्थानीय केस छ भने विदेश बाट संक्रमित भै आउनेको संख्या १८   छ  l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार स्थानीय रुपमा सक्रमित थापिनेको संख्या बिगत ४ महिना यताकै उच्च हो l गत मार्च ३१ मा ८८ जना स्थानीय नयाँ संक्रमित थपिएका थिए l दैनिक  संक्रमित थपिनेमा भने जुलाई २५ यताकै उच्च हो l गत जुलाई २५ मा  थपिएका ११३ जना मध्ये अधिकांस विदेश बाट संक्रमित भै आउनेको संख्या थियो l

हाल थपिएका नयाँ संक्रमितहरुमा  अधिकांसमा  सामुहिक संक्रमण देखिएको छ l अन्य स्थानको तुलनामा राजधानी सियोलमा तथा आसपासका क्षेत्रमा  दैनिक संक्रमण बढ्दो रहेको छ l

कोरियामा हाल सम्म विदेशबाट संक्रमित भै आउनेको संख्या २ हजार ६ सय १८  पुगेको छ l यसरि विदेशबाट संक्रमित भै आउनेको संख्या लगातार थपिन थालेपछि कोरियाले उच्च संक्रमित देशबाट भित्रिने नागरिकको लागी भिसा प्रक्रिया तथा क्वारेन्टिनको  नियम कडा पारेको छ l

कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या  ३०५  पुगेको छ भने १३  हजार ८सय ६३ जना निको भैसकेका छन् l

कोरियाले हासम्म १६  लाख ६५ हजार ८४  जनाको पिसिआर प्रविधि बाट कोरोना परिक्षण  गरेको छ।

प्रतिक्रियाहरू