इञ्जाले स्वर्गीय पत्रकार वलराम वानिंयाको परिवारलाई १ लाख रुपिंया सहयोग दिने

427

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार वलराम वानियाको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । वरिष्ठ पत्रकार वानियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उहांको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको वताएको छ ।

स्वर्गीय पत्रकार वानिंयाको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्वन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि वढाउन पनि इञ्जाले माग गरेको छ । पत्रकारहरुका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार वानियांको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस भनी तत्कालै आफ्नो आपतकालिन कोषवाट १ लाख रुपिंया दिने निर्णय गरेको छ । यस संकटको क्षणमा स्वर्गीय वानियाको परिवारलाई सहयोग गर्न पनि इञ्जाले नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा शुभेच्छुकहरुलाई आह्वान गरेको छ ।

प्रतिक्रियाहरू