दक्षिण कोरियामा कोरोना भाइरसको दोस्रो लहर फैलिदै , उच्च सतर्कता अपनाउन सुझाव

878

दक्षिण कोरियामा पछिल्ला केहिदीन यता कोरोना भाइरसका नयाँ संक्रमित थपिने क्रम बढेर गएको छ l  दैनिक संक्रमित थपिने क्रम २ अंकमै सिमित रहेको अबस्थामा गत शुक्रवार देखि संक्रमण ह्वात्तै बढेर गएको हो l कोरिया रोग नियत्रण केन्द्रका अनुसार गएको २४ घन्टामा १९७ जना नयाँ संक्रमित थपिएका छन l

नयाँ संक्रमित थपिनेमा अधिकांस मानिसहरु साराङ् जेइल चर्च, सियोल तथा उरी जेइल चर्च ,योंङ्गिन संग सम्बद्ध  ब्याक्तिहरु छन् l कोरियामा आइतबार ५ महिना यताकै सबैभन्दा धेरै २ सय ७९ जना नया संक्रमित थपिएका थिए भने सनिवार १ सय ६६ जनामा कोरोना भाइरसको पुष्टि भएको थियो l

सोमबार थपिएका नयाँ संक्रमित मध्ये १८८ जना स्थानीय छन् भने बाकि विदेशबाट संक्रमित भै आउने छन् l नयाँ संक्रमितहरु अधिकांस राजधानी सियोल तथा ख्याङ्गिदो प्रान्तका बासिन्दा छन् l

कोरियामा यसभन्दा पहिला  थेगुमा रहेको सिन्चेओन्जी चर्च देखि पहिलो महामारी फैलिएको थियो भने दोस्रो लहर राजधानी सियोल तथा आसपासमा रहेका साना तथा मझौला चर्च बाट फैलिने त्रास बढेको छ l स्थानीय जनताहरु चर्चको अटेरीपना तथा पछिल्ला गतिबिधि प्रति आक्रोशित बन्दै आइरहेका छन् l सरकारले पनि अटेरी गर्ने चर्चका पाश्चरहरुलाई  कानुनि दायरामा ल्याउने संकेत देखाएको छ l

त्यस्तै रोग नियन्त्रण विभागले भाइरस थप फैलिन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ l

कोरियामा हाल सम्म कुल  संक्रमितको संख्या १५ हजार ५ सय १५ पुगेको छ भने १३ हजार ९ सय १७ जना निको भै घर फर्किएका छन् l कोभिड१९ को कारण हाल सम्म ३ सय ५ जनाले ज्यान गुमाएका छन् l

प्रतिक्रियाहरू