कोरियामा कोरोना महामारी झन् बढ्दो , शुक्रबार थपिए ५ महिना यताकै सबैभन्दा धेरै संक्रमित

972

दक्षिण कोरियामा गएको २४ घन्टामा ३ सय २४  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या १६  हजार ६ सय ७०  पुगेको छ l त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या २ छ भने भने निको भै घर फर्किनेको संख्या ५७  रहेको  छ l

यसरि नयाँ संक्रमित थपिनेमा अघिल्लो दिनको तुलनामा  शुक्रबार बढेको छ    l बिहिबार २ सय ८८  जना नया संक्रमित थपिएका थिए  l त्यस्तै शुक्रबार   थपिएका नयाँ संक्रमित मध्ये ३१५  जना स्थानीय छन् भने विदेश बाट संक्रमित भै आउनेको संख्या ९  छ  l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार शुक्रबार थपिएका नयाँ संक्रमितको संख्या बिगत ५ महिना यताकै उच्च हो l गत मार्च ८ मा ३ सय ६७ जना  नयाँ संक्रमित थपिएका थिए l
हाल थपिएका नयाँ संक्रमितहरुमा  अधिकांसमा  सामुहिक संक्रमण देखिएको छ l अन्य स्थानको तुलनामा राजधानी सियोलमा तथा आसपासका क्षेत्रमा  दैनिक संक्रमण बढ्दो रहेको छ l
कोरियाको बिभिन्न चर्च बाट फैलिएको दोस्रो लहरको कोरोना भाइरस प्रकोप बाट गएको एक हप्तामा संक्रमित हुनेको संख्या १९ सय पुगेको छ l

कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या  ३०९  पुगेको छ भने १४ हजार १ सय २० जना निको भैसकेका छन् l

कोरियाले हालसम्म  १७   लाख ५४हजार १ सय २३  जनाको पिसिआर प्रविधि बाट कोरोना परिक्षण  गरेको छ।

प्रतिक्रियाहरू