कोरियामा गम्भिर रोगबाट ग्रसित एक नेपालीलाई ‘छुसक महाधमाका’ को १० लाख सहयोग

845

कोरियामा आपतकालिन राहतकोष स्थापनार्थ नेपालीका लागी नेपाली दक्षिण कोरिया द्वारा  गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका -२०१९  ” बाट संकलित रकम बाट कोरियामा लामो समय देखि बिरामी परि अस्पतालमा उपचार्थ रहेका एक यूवालाई १० लाख वोन सहयोग रकम हस्तान्तरण गरेको छ ।
रोजगारीको शिलशिलामा ईपिएस प्रकृयाबाट विगत ३ बर्ष अगाडी कोरिया आएको केही समयमा नै कलजो सम्बन्धी गम्भिर समस्या (लिभर सिरोसिस) बाट पिडित स्याङ्गजा का सुर्य  थापालाई सहयोग स्वरुप टिमले १० लाख कोरियन वोन हस्तान्तरण गरेको हो।
स्याङ्गजा जिल्ला गल्याङ्ग नगरपालिका -०२ ईलुङ्गा स्थायी घर भई विगत ३ बर्षदेखी कोरियाको कृषी फार्ममा कार्यरत रहेर अस्वस्थताको कारण कम्पनीबाट लेटर लिएर कामको खोजीमा रहदै गर्दा एक्कासी बेहोस भएर सुवनस्थित आजु अस्पतालको बेडमा उपचार गराईराखेका  उनलाई उपचार गर्न आर्थिक अभाव भएको ले ‘छुसक महाधमाका’ टिमले सहयोग हस्तान्तरण गरेको हो।
अस्पतालमा उपचार गराउदा आर्थिक संकटमा परेका स्याङ्गजाका सुर्य  थापा लाई १० लाख कोरियन वन सहयोग गरिएको संस्थाले जनाएको छ ।
कोरियामा राहतकोष संकलन अभियानका अभियन्ता जिवन अर्याल द्वारा आज आइतबार  अस्पतालमै पुगी  बिरामीको पछिल्लो अबस्था बुझ्दै  उक्त रकम हस्तान्तरण गरिएको छ  lछुसक महाधमाका समिती को छलफल बाट पारित गर्दै कोरियामा लामो समयदेखी उपचारार्थ निजलाई सहयोग हस्तान्तरण गरिएको हो ।
कोरियामा नेपालीलाई आपत बिपत पर्दा सहयोग गर्नको निमित्त राहतकोष स्थापना गर्ने उदेश्यले बिसेष अभियन्ताहरुको पहलमा उक्त संस्थाले गत छुसकमा  साँस्कृतिक कार्यक्रमको आयोजना  गरेको थियो l कार्यक्रम बाट बचेको मुनाफा बाट जे जति हुन्छ आगामी दीनमा पनि अफ्ठेरो परेका नेपालीलाई सहयोग गर्दै जाने संस्थाका संयोजक गुरुदत्त न्यौपानेले बताए ।

प्रतिक्रियाहरू