कोरियामा यो बर्षकै शक्तिशाली टाइफुन आउदै , उच्च सतर्कता अपनाउन सुझाव

3202
High waves batter a beach in the southern port city of Busan on September 7, 2019 as Typhoon Lingling approaches the Korean peninsula. (Photo by - / YONHAP / AFP) / - South Korea OUT / REPUBLIC OF KOREA OUT NO ARCHIVES RESTRICTED TO SUBSCRIPTION USE

दक्षिण कोरियातिर नजिकिदै गरेको शक्तिशाली आंधी “बाबी  ” का कारण सवारी साधन तथा अन्य  संरचनाहरुमा क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ l

कोरिया मौसमविद् प्रशासन ( केएमए ) का अनुसार गत हप्ता ताइवानको पूर्वी तटमा रहेको यस वर्षको आठौं आँधी जापानको ओकिनावाको उत्तरपश्चिमी तटबाट सोमबार ४ बजे  देखि   दक्षिण कोरिया तर्फ १२ किलोमिटर  प्रतिघण्टाको गतिमा अगाडि बढ्दै  छ l

अधिकतम हावाको  गति १ सय १५  किलोमिटर प्रति घण्टा र यसको केन्द्रमा ९ सय ७५ हेक्टरोपास्कलको वायुमण्डलिय  चापको साथ, यसलाई सानो, मध्यम तीव्रता टाइफुनको रूपमा वर्गीकृत गरिएको छ l

तर उक्त टाइफुन कोरिया भित्रिदा थप शक्तिशाली भन्ने अनुमान  केएमएले गरेको छ l  बाबीले  बुधवार सबेरै दक्षिणी टापु जेजुमा क्षति पुर्याने छ भने राजधानी सियोल तथा आसपासका क्षेत्रमा यसको असर बिहिबार बिहान मात्र देखा पर्ने छ l
यस बर्षको सबैभन्दा शतिशाली टाईफुनको रुपमा अनुमान गरिएको’ बाबी  ‘बुधवार दिउँसो जेजु टापुको पश्चिमी तट हुँदै  सियोल नजिक आइपुग्नेछ ।  शुक्रबार दिउँसो  प्योङ्यांगको उत्तरपूर्व हुदै  चीनको हार्बिन नजिकै पुगेर अन्त्य हुने पूर्वानुमान छ l

जेजु टापु , उत्तरी जेओला र दक्षिण जेओला प्रान्तहरूको पश्चिमी तटीय क्षेत्रहरूमा  बुधवार देखि बिहिवार सम्म २१६ किलोमिटर प्रति घण्टासम्मको हावा चल्ने अनुमान छ भने  अन्य दक्षिणी र पश्चिमी क्षेत्रहरूमा  बिहीबार सम्म १२६  किलोमिटर प्रति घण्टासम्मको दरले  बतास चल्ने छ ।

त्यसैगरी आंधीले जेजु टापुमा ५०० मिलिमिटर ,उत्तरी जेओला र दक्षिण जेओला प्रान्तहरूमा १५०   मिलिमिटर र अन्य क्षेत्रमा १०० मिलिमिटरसम्म वर्षा गराउन सक्ने पूर्वानुमान छ l

“यसमा पनि अझै अनिश्चिताताहरु बाकिनै छन , हामीले यसलाई गहन रुपले हेरिरहेका छौं”राष्ट्रिय मौसम एजेन्सीका पूर्वानुमानकर्ता वु जिन-कियूले भने, सोमबार एक पत्रकार सम्मेलनमा बताए l

सरकारले सोमबार देखिने टाइफुन बावीको तयारीमा केन्द्रीय प्रकोप तथा उद्वार टोलीको परिचालन सुरु गरेको छ  l सम्भावित खतरा बाट जोगिन उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ l

प्रतिक्रियाहरू