कबिता/ तिमी र म

206

तिमीले च्यातेर लगाउछौ प्रिय
म च्यातेको लगाउनु पर्छ,
तिमीले चाहेको लगाउछौ प्रिय
मैले पाएको लगाउनु पर्छ,
क्यापिचिनोको सिप सगै तिम्रो दिन सुरु हुन्छ् प्रिय
कालो चियामा मुख चोप्दै मेरो भनु,
गाडिको चापी खोज्दै तिम्रो कामको थालनी हुन्छ्
भाडा नभएर काममा गइन यस्तै छ सेरोफेरो भनु,
तिम्रो बेड्मा खाना आउछ
तिमीले हिड्नु पर्दैन किन कि
तिम्रो गाडी छ,
यो ज्यान गास  खोज्न हली धाउछ
मैले नहिडे जिन्दगीको रथै सर्दैन किन कि म
सँग दुखै दुखको झाडी छ,
तिम्रो शरिर बाट मिठो बास्न आउला त्यही पनि
डिक्नी च्यानल र बकराट्को दाममा,
तर प्रिय मेरो जिउ बाट मिहनत परीश्रम र बध्यताको
गन्ध आउछ पसिनाको नाममा,
महलको बसाइ हाइफाइ जिन्दगी शरिर भरी
ब्रान्ड्ले बेरिएको होला अरुको त वास्तै छैन,
मेरो ज्यान कतै त ढाकेकै छैन कतै टालो
महल त खोइ के हो झुपडिमा जस्तै छैन,
एडिडास र पुमा नाइकी बाहेक अरु त
तिमीलाई कपडा नै लाग्दैन,
मलाई के को नाम हो गोरु हो कि भैसी
आउकात छैन चाहनै जाग्दैन,
इङ्लिशमा सोङ अनि हिन्दिमा गाना सुन्ने
मान्छे नेपाली त थोरै बुज्छ रे
बुझोस पनि कसरी धनी बाउकी छोरी,
यता म गाइखाने भाषा अनि पानीपुरिको
आवाज मात्रै सुनेको रेडियो नेपालमा नेपाली
त राम्रो आउदैन बरु आफ्नै भाषामा गाइन्च दोहोरी,
अनी तिम्रो फोटोको पृस्ठ्भुमी
पुरै गगन चुम्बी महल अनि चिल्ला
सडकहरुले भरिएको हुन्छ,
म त गाउले कि जगल कि बारिको पाटो,
खरले छाएको घर के देखाउ बाटो त्यही
हो जताततै फोहोर र हिलोले छरिएको हुन्छ,
डियर तिम्रो हातमा आइफोन त्यही
पनि लेटेस्ट वाला बेड्मा म्याक बुक
अनि घाटिमा क्यानोन र नाइकोन होला,
म सग त्यही हो सम्सुङ्को आइफोन
त्यही पनि चाइनिज, खाट्मा हिसाब बिग्रेको किताब,घाटिमा त्यही हो मेरो बाध्यताको बोझ अनि समस्या को डल्लो यस्तै रहेछ झुम्रेको चोला,
पाउ देखी शिर सम्म ब्रान्डेड खै के हो
एल बि र गुच्ची डायोर च्यानल
मोउवाड र हेमर्स को झोला रे,
आफु त तोरी लाउरे लाल बहादुर र फुच्ची
बाहेक अरुको नामै थाहा छैन अरुले
भनेको ब्रान्डेड त खोइ के चिज हो खैनी कि भोला रे,
पब्लिक गाडी त चढेकै छैन किन कि
डोमेस्टिक एअर अप डाउन गर्ने तिमी
बिदेश बाट आउँदा कुनै एअर लाईन्स लेखेको
टावल ल्याएउ होला दुख के हो ल्याएकै छैनौ,
१२ बजे आकश्मा जहाँज देख्ने म
बरु घन्टौ लागेर बस चढ्न बजार झर्ने गरीबिमा
पेलिएको मान्छे यात्रा भरिलाई ओड्न देको गम्छा घर
ल्याउछ रे भनेर सुनेको था भए पो भेउ पाएकै छैन
हो यही छ तिमी र म मा फरक..

प्रतिक्रियाहरू