राजधानी सउलले विदेशीलाई भत्ता दिने

792

दक्षिण कोरियाको राजधानी सउल महानगरपालीकाले महानगरभित्र बसोबास गर्ने विदेशी नागरिकहरुलाई कोरोना राहत भत्ता दिने जनाएको छ। भत्ता पाउनका लागि सउल महानगरपालिका भित्र कम्तिमा ९० दीन बसेको हुनुपर्नेछ।

राहत भत्ताकालागि अगष्ट ३१ देखि सेप्टेम्बर २५ गतेसम्ममा महानगरपालीकाको वेबसाइट http://fds.seoul.go.kr अनलाइन आवेदन दिन सकिने छ । त्यसतै नजिकैको बिदेशी परामर्श केन्द्रमा गएर पनि आवेदन दिन सकिने छ।

सोमबारदेखि सुक्रबारसम्म अनलाईन आवेदन दिन पाइने छ। शनिबार र आइतबार आवेदन दिन पाइने छैन।

महानगरपालीकाले गत मार्चमा कोरोना भाइरसका कारण आर्थिक अवस्था कमजोर भएका नागरिकहरुकालागि ५ सय ४२ दशमलब ३ बिलिएन वन छुट्याएको थियो।
राजधानी सउलमा ९५ लाखभन्दा बढि विदेशीहरुको बसोवास रहेको महानगरपालीकाले जनाएको छ।

यो सुबिधा  पाउने भिसावालाहरु डी १, डी ३, डी ५, डी १०, इ १, इ १० एफ २ एफ ४ एफ ५, जी १ जी १०, एच १, एच २  लगायतका छन् ।

प्रतिक्रियाहरू