कोरियामा बिहिबार थपिए मार्च महिना यताकै सबैभन्दा धेरै कोरोना संक्रमित

925

दक्षिण कोरियामा गएको २४  घन्टामा ४  सय ४१   जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या १८   हजार ७  सय ६ पुगेको छ l त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या १ छ भने भने निको भै घर फर्किनेको संख्या ९३ रहेको  छ l

यसरि नयाँ संक्रमित थपिनेमा अघिल्लो दिनको तुलनामा  बिहिबार बढेको छ    l बुधबार  ३ सय  सय २०   जना नया संक्रमित थपिएका थिए  l  बिहिबार थपिएका नयाँ संक्रमित मध्ये ४३४  जना स्थानीय छन् भने विदेश बाट संक्रमित भै आउनेको संख्या ७   छ  l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार शुक्रबार पुष्टि नयाँ संक्रमितको संख्या  मार्च  महिना यताकै उच्च हो l गत मार्च  ७  मा ४  सय ८३ जना  नयाँ संक्रमित थपिएका थिए l
हाल पुष्टि भएका  नयाँ संक्रमितहरु  अधिकांसमा  सामुहिक संक्रमण देखिएको छ l अन्य स्थानको तुलनामा राजधानी सियोलमा तथा आसपासका क्षेत्र ख्याङ्गिदो , इन्छन आदिमा   दैनिक संक्रमण बढ्दो  छ l
कोरियाको बिभिन्न चर्च बाट फैलिएको दोस्रो लहरको कोरोना भाइरस प्रकोपबाट गएको २  हप्तामा संक्रमित हुनेको संख्या ३८  सय पुगेको छ l
कोरियामा दोस्रो लहरको कोरोना भाइरस फैलाएको आरोप  लागेको  राजधानी सउलको सारंग जेइल चर्चका ९ सय ३३ जना सदस्यमा कोरोना संक्रमणको  पुष्टि भएको छ l

कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या  ३१३   पुगेको छ भने १४ हजार ४  सय ६१  जना निको भैसकेका छन् l

प्रतिक्रियाहरू