कोरियामा दुवै मृगौला फेल भएर अस्पतालमा उपचारार्थ नेपाली चेलीलाई ‘छुसक महाधमाका ‘ को ५ लाख सहयोग

464

कोरियामा आपतकालिन राहतकोष स्थापनार्थ नेपालीका लागी नेपाली दक्षिण कोरिया द्वारा  गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका -२०१९  ” बाट संकलित रकम बाट कोरियामा दुवै मृगौला फेल भएर अस्पतालमा उपचारार्थ रहेकी एक यूवतीलाई ‘छुसक महाधमाका’ टिमले ५ लाख वोन सहयोग गरेको छ ।

रोजगारीको शिलशिलामा ईपिएस प्रकृयाबाट विगत ३ बर्ष अगाडी कोरिया आएको केही समयमा नै मृगौला सम्बन्धी समस्या भोगिरहेकी उनी अहिले दुवै मृगौला फेल भएर हाल फाजुको ईल्सान अस्पतालमा जिवनमरणको दोषाधमा मृत्युसंग संङ्घर्ष गरेकी छन।

सिन्धुली जिल्ला घर भई हाल दक्षिण काेरियाकाे फाजुमा कृषि क्षेत्रमा कार्यरत नेपाली चेली यमकुमारी थापा मगर बिगत तिन बर्ष देखि मृगौलाकाे समस्या भइ उपचार गराउदै आइराखेकी उनी यही अगस्ट २४ तारिख अचानक दुवै मिर्गौलाले काम गर्न छोडेर सिकिस्त भई इल्सान अस्पतालमा भर्ना भएकी थिईन।

डाक्टर को सल्लाह अनुसार तुरुन्तै अप्रेसन गरि जिबन भर डायलिसिस गर्नु पर्ने अन्यथा बचाउन नसकिने भनाइ आएको हुदा र उपचार खर्चपनी महँगो हुने भएकाले काेरियामा रहेका कोरियाबाशी नेपालीहरुलाई सहयोग गर्न आह्वान गरेसंगै उनलाई ‘छुसक महाधमाका’ टिमले सहयोग गरेको हो।

अस्पतालमा उपचार गराउदा आर्थिक संकटमा परेकी उनलाई ५ लाख कोरियन वन सहयोग गरिएको संस्थाले जनाएको छ ।

छुसक महाधमाका समिती को हिजो बसेको अनलाईन छलफल बाट पारित गर्दै कोरियामा उपचारार्थ निजलाई उनकै नोङ्ह्यप बैङ्कको खाता नम्बरमा सहयोग स्वरुप ५ लाख कोरियन वोन सहयोग गरिएको संस्थाका अभियन्ता सन्तोष रोकाले बताउनुभयो ।

कोरियामा नेपालीलाई आपत बिपत पर्दा सहयोग गर्नको निमित्त राहतकोष स्थापना गर्ने उदेश्यले बिसेष अभियन्ताहरुको पहलमा उक्त संस्थाले गत छुसकमा  साँस्कृतिक कार्यक्रमको आयोजना  गरेको थियो l कार्यक्रम बाट बचेको मुनाफा बाट जे जति हुन्छ आगामी दीनमा पनि अफ्ठेरो परेका नेपालीलाई सहयोग गर्दै जाने संस्थाका संयोजक गुरुदत्त न्यौपानेले बताए ।

 

प्रतिक्रियाहरू