कोरियाको सियोल नगरले प्रवासी श्रमिकलाई समेत बिपत्ति राहत दिने

834

सियोल नगरले प्रवासी कमादरलाइ समेत बिपत्ति   राहत दिने भएको छ l बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगार गुमाउनु परेको अबस्थालाई मध्येनजर गर्दै उक्त निर्णय गरेको हो l

कोरियाको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसीके) ले जुन १० मा दिएको सिफारिसपछि सियोल महानगर प्रसासनले    महामारीको बीचमा आर्थिक कठिनाइ भोगिरहेका गैह्र नागरिकलाइ समेत आपतकालीन राहत  ​​योजनामा समाबेश गर्ने घोषणा गरेको थियो कोरिया टाइम्समा समाचार छ l

यसरि राहत लिन सियोल महानगर भित्र बसोबास गर्ने बिदेशी श्रमिकले  समेत आगामी सोमबार देखि सियोल नगर सरकारको वेबसाइट मार्फत आबेदन दिन सक्ने छन् l उनीहरुलाई खर्च भार तथा परिवार संख्याको आधारमा ३ लाख देखि ५० लाख  वन सम्म राहत प्रदान गर्ने बताएको छ l

“भाइरस राष्ट्रियताको आधारमा भेदभाव गर्दैन, त्यसैले  विपत्ति  सबैले पाउनु पर्छ “, माइग्रेसन  मानव अधिकार संस्थाका प्रमुख ली हान-सुकले भने एक कार्यक्रममा भने ।

“धेरै विदेशी कामदारहरू बेरोजगार भएका छन् वा ज्याला नपाएको बिदामा छन्। उनीहरुमध्ये कतिपय यहाँ अवरोधमा परेका छन् किनभने उनीहरु यात्रा प्रतिबन्धका कारण आफ्नो घर फर्कन सक्दैनन l  यस्तो अबस्थामा प्रकोप राहत विदेशी बासिन्दालाई पनि  दिनुपर्दछ।” उनले भने

प्रतिक्रियाहरू