किराँत चुम्लुङ् कोरियाले विश्वव्यापी टिकटक प्रतियोगीता आयोजना गर्ने

1488

विश्वभरी छरिएर रहनुभएका सम्पूर्ण लिम्बू तथा गैर लिम्बु टिकटक प्रेमि महानुभाबहरूलाई किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरियाले “हामी हाम्रो पहिचान र अस्तित्वको लागी एक हौं”
“कला संस्कार र संस्कृति हाम्रो पहिचान,
यसको संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान “भन्ने मुल नाराका साथ लिम्बु मौलिक कला,संस्कृति प्रचार प्रसार तथा संरक्षण र संवर्द्धनको निमित्त किराँत याक्थुङ् चुम्लुङ् दक्षिण कोरियाको सिरिजङ्गा साँस्कृतिक विभागद्वारा लिम्बू भाषामा आधारीत विश्वव्यापी टिक-टक प्रतियोगिता (५०८०) २०७७ को आयोजना गर्ने भएको छ । विश्वभर छरिएर रहनू भएका सम्पुर्ण लिम्बू गित-संगित प्रेमि महानूभाबहरूलाई विश्वव्यापी लिम्बू गित-संगित टिक-टक प्रतियोगितामा सहभागिता जनाई  प्रतियोगितालाई सफल बनाई दिनहुनका लागी किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरियाले
अनुरोध गरेको छ। टिक टक प्रतियोगितामा प्रथम पुरस्कार नगद रू-५०,००० (पचास हजार सहित प्रमाण पत्र ),दोस्रो पुरस्कार नगद रू-३०,००० (तिस् हजार सहित प्रमाण पत्र),तेस्रो पुरस्कार नगद रू – १५०००(पन्ध्र हजार सहित प्रमाण पत्र ) र सान्तवना पुरस्कार नगद रू- ५००० (पाँच हजार सहित प्रमाण पत्र ) प्राप्त गर्ने छन् ।टिकटक प्रतियोगितामा सहभागीले उल्लेखित नियम अनिवार्य पालना गर्नुपर्ने छ।
प्रतियोगिताका नियमहरू:-
१)- प्रतियोगिहरूको प्रतिस्पर्धाको मापन प्रतियोगिले प्राप्त गरेको रिएक्ट र (Share)द्वारा मापन गरिने छ। प्रतियोगीहरूले प्राप्त गरेको (Like👍,Love❤️,Care🥰,Waoo🤗) यो सबै रिएक्ट मध्येमा प्रतियोगिहरूले एउटा रिएक्ट प्राप्त गरे बापत १ अंक र प्रत्येक सेयर (Share) बापत १ अंक प्राप्त गर्नेछन। तर Angry 😡 रिएक्ट आएको खण्डमा Angry 😡 रिएक्टलाई अंकमा गणना हुने छैन। यदी कुनै प्रतियोगिले  प्रबिधिको प्रयोग गरि अट्टो रिएक्ट  गरिएको थाहा पाईएमा  प्रतिस्पर्धाबाट निकालिनेछ। प्रतिस्पर्धाको दौडानमा प्रतियोगिले प्राप्त गरेको रिएक्ट र सेयर दुबै जोडिनेछ। दुबै रिएक्ट र सेयर जोड्दा जुन प्रतियोगिले सबै भन्दा धेरै रिएक्ट र सेयर (Share) प्राप्त गर्दछ त्यसैको आधारमा पहिलो, दोस्रो, तेस्रो र सान्तवना स्थान प्राप्त गर्ने प्रतियोगिको नाम घोषणा गरिनेछ।
२)- प्रतियोगिताको लागी प्रतियोगिले २०७७/भाद्र/२२ गते(2020/Sep/07 तारिख) देखि २०७७/असोज/२१ गते (2020/Oct/07तारिख) भित्रमा आफ्नो लिम्बू भाषा गित-संगित टिक-टक भिडियो संम्बन्धित आयोजकको फेस्बूक म्यासेन्जर, Whatsapp, Viber वा किराँत याक्थूङ् चुम्लुङ् दक्षिण कोरियाको फेसबूक पेज मार्फत उपलब्ध गराई सक्नु पर्ने छ।
३)- प्रतियोगिहरूबाट प्राप्त लिम्बू भाषा गित-संगित टिक-टक भिडियो किराँत याक्थुङ् चुम्लुङ् दक्षिण कोरियाको फेसबूक पेज मार्फत पोस्ट(Post) गरिने छ। प्रतियोगिहरूको भिडियो उक्त पेज मार्फत पोस्ट भएको मिति देखी ३०दिन सम्म प्रतिस्पर्धाको लागी योग्य मानिने छ। कुनै पनि प्रतियोगिहरूको भिडियो पोस्ट भएको ३० दिन भईसके पछि वा कटिसके पछी प्राप्त भएको रिएक्ट र सेयरलाई प्रतिस्पर्धाको अंकमा जोडिने छैन।
४)- भिडियो कम्तिमा ५० सेकेण्ड बढिमा १ मिनटको हुनुपर्ने छ।
५)- टिक-टक भिडियो लिम्बू तथा गैरलिम्बु जातिले पनि भाग लिन पाईने छ। तर बिशुद्व लिम्बू भाषाको गित संगितका साथै लिम्बू भेषभुसा अनिबार्य छ। र उपलब्ध भए गरगहनामा सजिएर आफ्नो प्रस्तुती दिएकोलाई बिशेष मान्यता दिईने छ।
६)-टिक-टक भिडियो सिङ्गल हुनुपर्नेछ र आफूले टिक-टक भिडियो बनाएको गीतको ओरिजिनल गायक, गायीकाको नाम र युट्युब लिङ्क सहित आफ्नो नाम थर ठेगाना र सम्पर्क नम्बर अनिबार्य  पठाउनुपर्नेछ।
७)- प्रतियोगिले किराॅत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको पेज अनिवार्य लाइक र शेयर गर्नु पर्नेछ र अरूलाई पनि गर्न शेयर गर्न प्रेरित गर्नुपर्नेछ।
८)-मिति २०७७ असोज २१ गते 2020/oct/07 तारीख वाट भोट अथवा लाईक ,सेयर , रियाक्टको गणना सुरू हुनेछ।
९)- मिति २०७७ कार्तिक ३० गते 2020/ nov /१५ तारीक फाईनल हूने ।
# नोट – प्रतियोगिहरुको प्रतिभा कुनै कारणवस बिवादमा आएको खण्डमा आयोजक कमिटिको निर्णय नै अन्तिम हुनेछ।
टिक-टक भिडियो उपल्बध गर्नको लागि सम्पर्क नम्बरहरु :-
_____________________________sapp ,Viber,
+821087365292 शान्तिला पालुवा
+821096612260 सन्तोष खेवा लिम्बू
+821055923060 बिनोद सौउदेन्
+821028922585 सागर माङ्मु
आयोजक –
सिरिजंङ्गा साँस्कृतिक बिभाग किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरिया
संयोजक  –   शान्तिला पालुङवा
सहसंयोजक – सन्तोष खेवा
”                  – बिनोद सौदेन्
सदस्यहरू
सूर्य काङभा
देवेन्द्र काङभा
प्रितम लिम्बु
अन्जु लावति सेलिङ
सरिता तुम्बापो
कामना नेम्बाङ
# प्रायोजकहरु:-
(१) समशेर पंधाक
(२) मिराक लिम्बु पन्धाक (अग्नि)
(३) प्रबेश फियाक
(४) सागर माङ्मु
(५) सुन्दर दिप आङ्देम्बे
(६) सन्तोष मादेन
(७) युगल किशोर सेर्मा
(८) हेम्बु ईजम
(९) शुभद्रा पालुङ्वा
(१०) सुमन हाङ्सोरोङ्ग
(११) दिवा वारूमहाङ्ग
(१२) अर्जुन तुम्बापो लिम्बु
# संरक्षक
(१) समशेर पंधाक
संरक्षक सदस्य
(१) कुबिर लिङ्गदेन
(२) गणेश  मेन्याङ्बो
#सल्लाहकार हरू-
{१} मौसम ईङ्बुङ (फुलेन्दे को बाऊ)
(२) यासेलि योङहाङ्ग
(३) गोविन्द आङ्बुहाङ्ग
आयोजक
________________________ँत याक्थुङ चुम्लुङ दक्षिण कोरिया
सिरिजङ्गा साँस्कृति विभाग

प्रतिक्रियाहरू