दक्षिण कोरियाले कोरोना विरुद्वको खोप तथा औषधि निर्माणको लागी १७० बिलियन वोन खर्च गर्ने

405

दक्षिण कोरियाले कोरोना विरुद्व लड्न सक्ने स्वदेशी  खोप तथा औषधि निर्माणको निमित्त १७०. ७ बिलियन वोन अर्थात १४३ मिलियन अमेरिकी खर्च गर्ने भएको छ l

अर्थ मन्त्रालयका अनुसार खोप तथा औसधि  विकासकोको निमित्त स्थानीय कम्पनीहरुलाई बिसेष ग्राह्यता दिइने छ l

समाचार एजेन्सी योंघापका अनुसार सन् २०२१सम्म मनाब्मा   परिक्षणको लक्ष लिएको उक्त योजनाको निमित्त छुट्टाइएको  बजेट मध्ये ३८.९ बिलियन वोन खोप उत्पादन तथा बिकासको निमित्त प्रयोग गरिने छ भने ७.४ बिलियन वोन गैर्ह मानवमा क्लिनिकल परिक्षणको लागी प्रयोग गरिने छ l त्यस्तै १३१.४ बिलियन वोन मानवमा परिक्षणको निमित्त प्रयोग गरिने छ l

त्यो बाहेक सरकारले २०० बिलियन वोन अन्य संक्रात्मक  रोगहरूसंग लड्न  अनुसन्धानका  सुविधाहरु बृद्धिको निमित्त प्रयोग गर्ने बताएको छ l

हाल विश्वव्यापी रूपमा वैज्ञानिकहरू नयाँ कोरोनाभाइरस विरुद्ध  सुरक्षित र प्रभावकारी खोपको विकासको लागि थप अध्यन अनुशन्धानमै  छन र धेरै विज्ञहरू यस भ्याक्सिनको ठूलो उत्पादन अर्को वर्षको बीचमा सम्भव हुने कुरामा सहमत छन् ।

गत महिना, दक्षिण कोरियाले जेनेक्सिन इंक नामक  एक स्थानीय बायोटेक्नोलोजी फर्मलाई, सम्भावित कोरोनाभाइरस उपचार औषधिको पहिलो चरण मानव परीक्षण गर्न अनुमति दिएको थियो l फोटो :कोरिया टाइम्स

प्रतिक्रियाहरू