कास्की परिवार दक्षिण कोरिया द्वारा बाढिपिडितलाइ सहयोग हस्तान्तरण

126

कास्की परिवार दक्षिण कोरिया ले कास्कीमा आएको बिनाशकारी बाढी बाट पिडित भएका स्थानिय हरुलाइ  सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकम ‘कास्की आदर्श समाज अन्तर्राष्ट्रिय  समन्वय परिषद नेपाल’ को नेपाल च्याप्टर संयोजक शोभाखर भण्डारी ज्यु को संयोजकत्वमा रूपा गाउपालिकामा यहि भाद्र २२ गते हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद तथा बिकास सभापति माननिय दिपक कोईराला, रुपा गाउपालिका का प्रमुख नबराज ओझा, उपप्रमुख लाल सुब्बा, रूपा गा. पा. का कार्यकारी अधिकृत सन्तोष ढुङगाना र रूपा गा पा कै अन्य वडाध्यक्षहरू को संयुक्त रोहबरमा बिस्थापित पीडित हरु पहिचान गरि बितरण गरिएको थियो ।

जसमध्य उक्त गाउपालिकामा अत्यन्तै पिडित बनेका वडा नं ३,६र ७ मा रहेका गद्देमाल बि क, दान ब नेपाली, कृष्ण ब नेपाली, सु्र्य बि क , प्रेम मिजार,पुर्ण ब भुजेल र मन ब नेपाली लाई पहिलो चरणको सहयोग प्रदान गरेको जनाइएको छ ।
सहयोग प्रदान कार्यक्रममा नेपाल च्याप्टर का सदस्य हरू हरी ढकाल, शिव गिरी ,कास्की परिवार दक्षिण कोरिया का निबर्तमान अध्यक्ष सुरज गुरूङ , कार्यसमिति सदस्य राम ब क्षेत्री ,सल्लाहकार भक्त शेरचन , निशान्त थापा, गुमन सिंह गुरुङ,रजन्त गुरुङ, कुल बहादुर गुरुङ ,एक गुरुङ ,सुर्य सुवेदी, सबिन लामिछाने, पत्रकार घनश्याम पाण्डे,प्रहरी सहायक निरिक्षक तुलबहादुर गुरूङ ज्युहरूको उपस्थिती रहेको थियो।

यो पहिलो चरण अन्तर्गतको सहयोगमा केहि मात्र पिडित हरुलाइ सहयोग उपलब्ध गराइएको छ । तर यहि अभियान अन्तर्गत नै रहेर महानरपालिका अन्य वडाहरूमा पनि पिडित पहिचान गरि पुनः आर्थिक सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष प्रबिण गिरि ले जनाकारी गराएका छन् । साथै यो अभियानमा साथ सहयोग गर्नु हुने सबैलाइ कास्की परिवार  द.कोरियाले हार्दिक धन्यवाद समेत प्रकट गरेको छ ।

प्रतिक्रियाहरू