कोरियामा बिगत एक सातादेखि कोरोना भाइरसका संक्रमित थपिने क्रम घट्दो

796

दोस्रो लहरको संक्रमण लाइ नियन्त्रण गर्न सरकारले सामाजिक दुरीलाई कडा पार्दै आइरहेको छ l

दक्षिण कोरियामा बिगत एक हप्तादेखि कोरोना भाइरसका नयाँ  संक्रमित थपिने क्रम केहि घट्न थालेको छ l एक हप्ता पहिला ३ सयको हाराहारीमा दैनिक संक्रमित थपिदै आएकोमा यो हप्ता २ सय भन्दा तल झरेको छ l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार गएको २४ घन्टामा  १ सय ५५ जना  कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या २१   हजार ७  सय ४३ पुगेको छ l त्यस्तै उक्त अबधिमा  निको भै घर फर्किनेको संख्या ३३७  रहेको  छ l

बिहिबार थपिएका नया संक्रमित मध्ये १ सय ४१ जना स्थानीय छन् भने  विदेश बाट संक्रमित भै आउनेको  संख्या १४ छ l
यसरि नयाँ संक्रमित थपिनेमा अघिल्लो दिनको तुलनामा  बिहिबार  केहि घटेको छ     l बुधबार  १ सय ५६ जना   जना नया संक्रमित थपिएका थिए  l

कोरियामा गत अगस्ट १४ तारिख देखि  दोस्रो संक्रमण फैलिएपछी  अगस्ट २७ तारिख सबैभन्दा धेरै ४ सय ४१ जना नयाँ संक्रमित थपिएका थिए l

कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या  ३ सय ४६   पुगेको छ भने १ १७  हजार ३  सय ६० जना निको भैसकेका छन् l

दोस्रो लहरको संक्रमण लाइ नियन्त्रण गर्न सरकारले सामाजिक दुरीलाई कडा पार्दै आइरहेको अबधि आगामी आइतवार समाप्त हुदैछ l भारस संक्रमणको अबस्थालाई मध्येनजर गर्दै उक्त अबधि थप गर्न  सक्ने अनुमान गरिएको छ l

प्रतिक्रियाहरू