दक्षिण कोरियाको मूल्य बृद्वी ओइसिडीका राष्ट्र मध्ये तेस्रो स्थानमा

2930

दक्षिण कोरियामा खाद्यान्न मूल्य  बृद्वी आर्थिक सहयोग र विकास संगठन (ओइसिडी )का  सदस्य राष्ट्रबीच  तेस्रो उच्च स्थानमा रहेको छ l गत महिना  परेको  लामो  मानसून साथै  लगातार आँधीबेहरीका कारण  मूल्य बृद्वी  उच्च बन्न पुगेको हो l

तथ्यांक अनुसार कोरियामा   गत अगस्टमा किराना समान तथा पेय पदार्थमा ६.६ प्रतिशतले मूल्य बृद्वी भएको छ यो बृद्वी ओईसीडी सदस्य राष्ट्रहरूमध्ये तेस्रो स्थानमा हो l हंगेरी र मेक्सिको क्रमशः 9.9 प्रतिशत र र ७.५  प्रतिशतको साथ शीर्ष स्थानमा छन् l

कोरिया पछिका मूल्य बृद्वी हुने देशहरुमा  चिली, आइसल्यान्ड र संयुक्त राज्य अमेरिका छन् भने  खाद्यान्न मूल्य १.8 प्रतिशतले बृद्वी संगै  आयरल्यान्ड अन्तिम स्थानमा छ l

कोरियाको खाद्यान्न मूल्य बढाउने मुख्य कारकहरूमा  चिनियाँ गोभी र तिलका पातहरू जस्ता कृषिजन्य वस्तुहरूको  अत्यधिक प्रयोग हुनुलाई मानिएको छ l त्यसैगरी जुन देखि मध्य अगस्ट सम्म स्याहार्नु पर्ने बालीनाली  लामो मनसुनका कारण  नस्ट भएकोले पनि मूल्य बृद्वी भएको तथ्यांकमा उल्लेख छ l

कोरियाली चाड छुसक नजिकिदै गर्दा उपभोग्य बस्तुको माग अत्यधिक बढेर जानेहुदा उक्त मूल्य बृद्वी सेक्टेम्बरमा थप हुने अनुमान गरिएको छ l

प्रतिक्रियाहरू