मृगौला पिडित काभ्रेका दुर्गा प्रसादलाई कोरियाबाट आर्थिक सहयाेग

141
 काभ्रे बेथान्चोक -२ निवासी विगत ५ वर्ष देखी मृर्गौला फेल भइ डाइलोसिस मात्र गर्दै आइरहनु भएका ४८ वर्षिय श्री दुर्गा तिमल्सिनालाई कोरियाबाट संकलित आर्थिक सहयोग हस्तान्तरण गरीएको छ । पछिल्लो समय कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या परेकोले उपचारमा राहत मिलोस भनि कोरियामा राहत संकलन गरिएको थियो । दक्षिण कोरियामा कार्यरत सामाजिक व्यक्तित्व दिपक प्रसाद तिमल्सिनाको सक्रियतामा पछिल्लो समय दुर्गा प्रसाद वचाउँ अभियान संचालन गरियको थियो । उक्त अभियानबाट संकलित ७२ हजार २०५ (बहत्तर हजार दुईसय पांच)  रुपैंया पिडित दुर्गा प्रसाद तिमल्सिनालाई आज हस्तान्तरण गरिएको हो। कोरियामा  विगत पन्ध्र दिन देखी संञ्चालित अभियानले छोटो समयमै उक्त रकम संकलन गरेको थियो।
उक्त अभियानमा सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव, सहयोगी मन हरुलाई धन्यवाद व्यक्त गर्दै अभियान्त तिमल्सिनाले विभिन्न प्रकृति का पिडितहरुको सहयोगार्थ चलाईने यस्ता अभियानहरुले दुखमा परेकाहरु लाई थोरै भएपनी राहत पुग्ने वताउनुभयो।
प्रतिक्रियाहरू