कोरियामा कोरोना प्रकोप घट्यो , मंगलवार थपिए १ महिना यताकै सबैभन्दा कम संक्रमित

677

दक्षिण कोरियामा मध्य अगस्ट  देखि शुरु भएको  दोस्रो लहरको कोरोना भाइरस संक्रमण बिगत २ हप्ता देखि लगातार कम हुदै गएको छ l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार नयाँ संक्रमित थपिने क्रम लगातार ३ दीन देखि १ सय भन्दा कम छ l
गएको २४ घन्टामा ६१ जना नयाँ संक्रमित थपिएसंगै कोरियामा  हाल सम्म कुल संक्रमितको संख्या २३ हजार १ सय ६ पुगेको छ l मंगलवार थपिएका मध्ये ५१ जना स्थानीय छन् भने बाहिरबाट संक्रमित भै आउनेको संख्या १० छ l

मंगलवार थपिएका संक्रमितको संख्या गत अगस्ट १३ तारिख देखि यताकै सबैभन्दा कम हो l आइतबार र सोमबार क्रमशः ८२ र ७० जना नयाँ संक्रमित थपिएका थिए l

गत अगस्ट १४ तारिखमा राजधानी सियोलमा रहेको एक चर्चले नेतृत्व गरेको सरकार बिरोधि प्रदर्शन पश्चात दोस्रो लहरको संक्रमणले महामारीको रुप लिएको थियो l सरकारले उक्त संक्रमण नियन्त्रणको निमित्त २.५ लेबलको सामाजिक दुरीलाई कडाइका साथ लागु गरेको थियो l हाल भाइरस प्रवाब केहि कम हुन थालेपछि सामाजिक दुरी पनि केहि खुकुलो पारिएको छ l

तर आगामी हप्ता देखि शुरु हुनलागेको कोरियाली बिसेष चाड छुसकलाइ मध्यनजर गर्दै सरकारले सेक्टेम्बर ३० देखि अक्टोबर ४ तारिख सम्मको लागी पुनः सामाजिक दुरी कडा पार्ने तयारि गरेको छ  l

कोरियामा हाल सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ८८ छ भने निको भै घर फर्किनेको संख्या २० हजार ४ सय ४१ छ l त्यसैगरी कोरियाले हाल सम्म २२ लाख ४५ हजार १ सय १२ जनाको पिसिआर प्रणालीबाट कोरोना भाइरस परिक्षण गरेको छ l

प्रतिक्रियाहरू