थेगुमा हुने भलिबल प्रतियोगितामा एसबीआइ कोसमनीले सेवा दिने

225
थेगुमा हुने भलिबल प्रतियोगितामा एसबीआइ कोशमनि रेमिट्यान्सले सेवा दिने भएको छ ।
कोरियन चाड चुसकको अवसरमा नेपाली परोपकारी समाज कुजी थेगुले अक्टोबर २ तारिख आयोजना गर्न लागको भलिबल प्रतियोगितामा एसबीआइ कोसमनी (SBI Cosmoney) रेमिट्यान्सले सेवा दिने भएको छ।
थेगु स्तरिय टुर्नामेन्ट भएपनि कोरियामा रहेका इच्छुक सबै टिमहरूले सहभागी जनाउन सक्ने जानकारी आयोजकले जानकारी दिएको छ।
कोरियाबाट सर्वसुलभ र सुरक्षित रूपमा नेपाल पैसा पठाउने सेवा दिइरहेको रेमिट्यान्स कम्पनी SBI Cosmoney कोसमनीको  किम्हेस्थित शाखाका नेपाल प्रमुख शरनहरी श्रेष्ठले छुसकको बिदामा भलिबल प्रतियोगितामा आउने खेलाडि तथा दर्शकहरूलाइ रेमिट्यान्स सेवा दिन लागिएको बताए।
भलिबल प्रतियोगितामा १५ वटा टिमले सहभागी जनाउन सक्ने अपेक्षा गरिएको  आयोजकाले जनाएको छ।
कोरियाबाट छिटो र सर्वसुलभ रेमिट्यान्स सेवाका लागि SBI Cosmoney को सहकार्यमा निजी क्षेत्रबाट स्थापित नेपालको सबैभन्दा पुरानो वाणिज्य बैंक नबिलसँग रहेको छ । त्यसैगरी रेमिट्यान्सको नगद संकलन (क्यास-पिक अप) सेवाका लागि नेपाल अधिराज्यभर १० हजार भन्दा बढी काउन्टर रहेको सिटी एक्सप्रेससँगको सहकार्यमार्फत नेपालमा पैसा पठाएको ५ मिनेट भित्रमै नगद संकलन गर्न सकिने रेमिट्यान्सका कोरिया प्रतिनिधि सरोज खड्काले जानकारी दिए।
थेगुमा भलिबल प्रतियोगिता हुदैँ
http://www.hellonepalkorea.com/2020/09/7827/
प्रतिक्रियाहरू