ONUF कोरियाले भर्चुअल बैठक मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गरायो

1649

नेकपाको प्रबास संगठन प्रबासी नेपाली एकता मञ्च (ONUF) कोरियाले भर्चुअल भेटघाट मार्फत केन्द्रिय समितिको प्रशिक्षणात्मक तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपाका केन्द्रिय सदस्य,पुर्ब सन्चार मन्त्री तथा बिदेश बिभाग उप-प्रमुख राम कार्की (पार्थ) को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बैठक ले संगठन का बिभिन्न बिषयमा हरुमा गहन छलफल गर्दै कोरियामा रहेका हजारौ नेपाली मजदुर हरुका बिषयमा सरकारलाइ गम्भीर बन्न सुझाब समेत दिएको छ ।

बिशेष गरि पछिल्लो लामो समय देखि कोरियामा राजदुत नियुक्ति हुन नसक्दा आम मजदुर ले विभिन्न कठिनाई हरु भोग्नु परेको बिषय उठाउदै संगठनले नेता कार्की मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।साथै भाषा परिक्षा पास गरेका र श्रम सम्झौता प्राप्त गरेका हजारौ नेपाली दाजुभाइ दिदि बहिनी हरुलाई नियमित उडान प्रक्रिया असहज गराइदा उनीहरुको रोजगारि र भबिष्य समेत अफ्ट्यारो मा परेको कुरा जानकारी गराइएको छ ।

बैठकमा उपस्थित अधिकाम्श सदस्यहरुले सरकारको रचनात्मक आलोचना गर्दै कोरिया बाट हुने चार्टर उडानका नाममा नेपाली हरु अत्यन्तै ठगिएको गुनासो राखेका थिए ।चार्टर उडानको नाममा भएको अनियमितता लाइ दीर्घकालीन रुपमा समाधान गर्न नसके सरकारकै बेइज्जत हुने चिन्ता समेत व्यक्त गरेका थिए ।

कोरियाको संगठन ले बैठकमा उठाएका सबै समस्या हरुका बारेमा गम्भीर बन्दै नेता कार्की ले यी सबै बिषय लाइ प्रतिनिधि सभामा उठान गर्ने प्रतिबद्धता समेत जनाए । साथै जतिसक्दो छिटो परराष्ट्र मन्त्रालय मार्फत राजदुत नियुक्ति का बिषयमा सरकारलाइ सुझाब दिने समेत आस्वस्त पारेका थिए ।

कोरियन नागरिकहरू को महान चाड छुसक को अबसर पारेर शुभकामना आदनप्रदान सहित शुरु गरिएको बैठकको अध्यक्षता ONUF कोरियाका सम्योजक दिलिप धितालले गरेका थिए । केन्द्रिय सदस्य द्वय खगेन्द्र बुढा र मिना थापा मगर ले संगठन का गतिविधि सहित शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन सचिब टेक पुन ले गरेका थिए ।
बिश्वब्यापी रूपमा देखिएको कोभिड-१९ का कारण भएको असहज परिस्थिति लाई मध्यनजर गर्दै ONUF  को प्रत्येक महिना हुने भौतिक बैठक अझै केही समयको लागि भर्चुअल मार्फत नै सन्चालन गरेर संगठन का कामकारबाही लाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रियाहरू