कोरियामा एक सातामा २ नेपालीको मृत्यु

5122

इपिएस प्रक्रिया मार्फत दक्षिण कोरिया आएका  एक नेपाली झुण्डिएको अबस्थामा मृत फेला परेका छन् l नेपालको स्याङ्जा जिल्ला घर भै कोरियाको छुङ्छङ्बुक्दोको सामसंग क्षेत्रमा कार्यरत यज्ञ बस्यालले आइतबार  झुण्डिए आतामहत्या गरेका हुन् l

संगै कार्यरत नेपालीका अनुसार कोरियाको दोस्रो कार्यकाल समेत पुरा गर्दै गरेका  ४२ बर्षीय बस्याल आफ्नै कम्पनीको अफिसमा आत्महत्या गरेका हुन् l उनको आत्महत्याको बिसेष कारण भने अझै खुल्न सकेको छैन l उनको  कोरियाको ९ बर्ष ८ महिनाको कार्यकाल सकिन अझै एकमहिना बाकि रहेको बताइएको छ  l

त्यसैगरी एकसाता अघि मात्र नेपालको उदयपुर घर भै दक्षिण कोरियामा कार्यरत अर्जुन राइ आफ्नै कम्पनी निवासमा सुतेकै अबस्थामा मृत फेला परेका थिए l

यी दुवै घटनाको वारे  सियोल स्थित नेपाली दुतावासमा  सम्पर्क गर्दा दुखत घटनाको जानकारी प्राप्त भएको र परिवारको  पनि शव नेपाल पठाउन निबेदन आएकोले प्रक्रिया मिलाएर आगामी उडानमा पठाउने तयारीमा रहेको श्रम कन्सुलर रमा भट्टराईले बताउनुभयो l

उहाले कोभिड- १९ तथा अन्य कारणले आफुहरु घटनास्थल पुग्न नसकेतापनि नेपाली संघ संस्थाका प्रतिनिधिहरु पुगी घटनावारे जानकारी लिने काम भएको बताउनु भयो l

प्रतिक्रियाहरू