कोरियामा बिना मास्क घरबाहिर निस्किए १ लाख वोन जरिवाना

504
[¿¬ÇÕ´º½ºTV Á¦°ø]

विश्ब्यापी रुपमा फैलिएको कोरोना भाइरसलाइ नियन्त्रण गर्न दक्षिण कोरियाले हरेक ब्याक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियमलाइ थप कडाइ गर्ने भएको छ  l

कोरिया रोग नियन्त्रण केन्द्र (केसिड़ीसी) का अनुसार आगामी नोभेम्बर १३ देखि लागुहुनेगरी बिनामास्क सार्बजनिक ठाउंहरुमा हिडे १ लाख वोन जरिवाना तिर्नुपर्ने छ l

यद्यपी  स्वास्थ्यका कारण मास्क प्रयोग गर्न नसक्ने  १४ बर्ष मुनिका बालबालिकाहरु भने केहि छुट दिइएको  छ l उक्त नियमानुसार कुनैपनि सार्बजनिक स्थल ,यातायात , अस्पतालहरु आदि ठाउमा अनिबार्य मास्क लगाउनु पर्ने छ l यसरि मास्कको प्रयोग गर्दा नाक नछोपिने गरि लगाउने ब्याक्तिले समेत जरिवाना तिर्नुपर्ने बताएको छ l

हाल सम्म सार्बजनिक यातायातमा यात्रा गर्दा अनिवार्य मास्क लगाउनु पर्ने भएतापनि जरिवानाको ब्याबस्था भने थिएन l
स्वस्थ अधिकारीहरुका अनुसार यहि अक्टोबर १३ देखि नोभेम्बर १३  सम्म सार्बजनिक स्थलमा अनिबार्य मास्क लगाउनुपर्ने नियमलाइ कडाइ मात्र गरिने छ भने नोभेम्बर १३ देखि  जरिवानाको समेतको  ब्याबस्था गरिने छ lत्यसको लागि सम्बन्धित स्थानीय निकायहरुले समन्वय गर्ने बताइएको छ l

कोरियामा मंगलवार ७५ जना नयाँ संक्रमित थपिएका छन् l जसमध्ये ६६ जना स्थानीय छन् भने ९ जना विदेशबाट संक्रमित भै आउनेको संख्या छ भने हाल हाल सम्म कुल संक्रमितको संख्या २४ हजार २ सय २९ छ l त्यसैगरी निको भै घर फर्किनेको संख्या २२ हजार ८३ छ l

प्रतिक्रियाहरू