कोरियामा १५ लाख भन्दा धेरै कामदारले ज्याला पाएनन्

3807

दक्षिण कोरियामा रोजगारदाताले तोकिएको मितिमा ज्याला दिन  नसक्दा लाखौ श्रमिकहरु मारमा परेका छन् l
रिपब्लिक जनशक्ति पार्टीका नेता  किम सु -्ग-वानको कार्यालयबाट प्राप्त गरेको श्रम मन्त्रालयको तथ्यांक अनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाख भन्दा धेरै कामदारले नपाएको कुल ज्याला  रकम ७ .१७ ट्रीलियन वोन पुगेको छ l

सन् २०१६ मा मात्र ३ लाख २५ हजार ४ सय ३० जनाले नपाएको ज्याला  १.४३ ट्रीलियन  पुगेको थियो भने सन् २०१९ मा ३ लाख ४४ हजार ९ सय ७७ जनाले पाउनुपर्ने  १.७२ ट्रीलियन वोन  पुगेको छ  l त्यसैगरी २०२० को ८ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ l

यसरि ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमुलक कम्पनीहरुमा छन् भने  भने दोस्रो स्थानमा निर्माण , खुद्रा ब्यापार ,होटेल , रेस्टुरेन्टहरुमा छन्  l सन् २०१९ मा मात्र  ५ जना वा सो भन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५ .६ मिलियन वोन छ भने ५ सय जना भन्दा धेरै कामदार भएका ठुला कम्पनीबाट तिर्न  बाकि रहेको ज्याला ६० बिलियन पुगेको छ l

पछिल्लो समय कामदारको ज्याला रोकिनुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व  अर्थतन्त्रमा आएको मन्दी मुख्य कारण रहेको तथ्यांकमा उल्लेख छ l

यसरि कामदारले ज्याला नपाएका घटनाहरु धेरै बढिरहेको बताउदै कानुनविदहरुले आर्थिक संकट झेलिरहेका कम्पनीहरुलाई सरकारले आर्थिक सहयोग गरि कामदारले पाउनुपर्ने ज्याला नरोक्न सुझाव दिएका छन् l त्यसैगरी रिपब्लिक जनशक्ति पार्टीका नेता  किम सु -्ग-वानले कामदारको ज्याला समयमा  भुक्तानी नगर्ने रोजगारदातालाई जरिवाना समेत तिराउनु पर्ने सुझाव दिएका छन् l

प्रतिक्रियाहरू