कोरियाबाट छुट्टा छुट्टै ट्राभल एजेन्सीको ब्याबस्थापनमा ३ सय ६० भन्दा धेरै नेपाली स्वदेश फर्किए

1314

दक्षिण कोरियामा भिषा अबधि सकिएर अलपत्र अबस्थामा रहेका नेपालीहरु कोरिया बाट संचालित बिभिन्न ट्राभल कम्पनीहरुको ब्याबस्थापना स्वदेश फर्किएका छन् l कोरियाबाट संचालित ट्राभल कम्पनि केएमइको ब्याबस्थापनामा कोरियन एयर मार्फत  शुक्रबार २०४ जना नेपाली स्वदेश फर्किएका हुन्  l

त्यसैगरी कोरियामै संचालित  नेपाल टुर्स तथा लिंक एसियाको  संयुक्त  ब्याबस्थापनामा  एसियाना एयर मार्फत  बिहिबार १ सय ६० जना नेपाली स्वदेश फर्किएका छन् l

\विश्वव्यापी रुपामा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि देखिन थालेपछि सरकारले लामो समय  नियमित बाह्य उडानहरु बन्द  गरेको थियो  l यसरि लामो समय देखि बाह्य उडानहरु बन्द हुदा  बिदेशमा भिषा अबधि सकिएर अलपत्र परेका  नेपालीहरुलाई बिभिन्न ट्राभल कम्पनीहरुको ब्याबस्थापनामा चार्टर उडान मार्फत उद्वार गरिदै आएको छ l
कोरियाबाट यसभन्दा पहिला कोरियन एयरले मात्र चार्टर्ड उडान भर्दै आएकोमा हाल आएर नेपाल टुर्स तथा लिकं एसियाको ब्याबस्थापनामा एसियाना एयरले २ वटा चार्टर उडान भरेको छ l

कोरिया बाट एकलौटी रुपामा उडान गर्दै आइरहेको कोरियन एयरको एकाधिकारलाइ केहि हद सम्म तोड्न सफल भएको नेपाल टुर्स एण्ड ट्राभल्स कम्पनीका संचालक केपी सिटौला बताउछन l उनि” भन्दछन बजार प्रतिशापर्धा हुनु भनेको यात्रुको लागी फाइदा हो l हामि केहि हद सम्म सस्तोमा उडाउने कोसिस गरेका छौ l आगामी दिनमा एसियाना एयरलाइ नियमित रुपामा नेपाल  उडान गर्न सकियो भने यसले यात्रुलाई थप सौलियत हुने देखिन्छ “l

त्यसैगरी कोरियन एयर मार्फत नेपाल उडानको ब्याबस्थापन गर्दै आएका केएमइ ट्राभलका संचालक बिनोद कुँवर भन्दछन अति कठिन मोडमा पनि निकै संघर्ष गरेर अफ्थ्येरोमा परेका नेपालीहरुलाई उद्वार गरिरहेका छौ l

हाल परिश्तिती केहि सहज भएतापनि जुन बेला अतिनै असज परिश्थिति थियो त्यो बेलामा पनि कोरियामा  निकै अफ्थ्येरोमा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई स्वदेश फर्काउन तथा बिदामा गएका नेपालीलाई कोरिया ल्याउन  सफल भएकोमा आफुलाई गर्व लागेको कुँवर बताउछन l

प्रतिक्रियाहरू