कोरियामा बिरामी परेका २ जना नेपालीलाई छुसक महा-धमाकाको आर्थिक सहयोग

438

दक्षिण कोरियामा बिरामी भै उपचार्च २ जना नेपालीलाई छुसक महा-धमाकाको  राहतकोष  बाट आर्थिक सहयोग उपलब्ध गराइएको छ l  नेपालको धादिंग घर भै ९ महिना पहिला बिधार्थी भिषामा कोरिया आएकी सिमा बानिया तथा मोरंग घर भै १६ महिना पहिला कोरिया आएका लक्ष्मी तामाङलाइ उक्त राहतकोष बाट प्रति ब्याक्ति ५ लाख कोरियन वोनका दरले आर्थिक सहयोग गरिएको संयोजक गुरुदत्त न्यौपानेले जनाकारी गराए l

बिरामी बानिया कोरिया आएको केहि महिनामै टिबि तथा पेटको इन्फेक्सनका कारण हाल कोरियामै उपचार्थ छन् l उनको उपचारमा अत्यन्तै ठुलो खर्च लाग्ने भएपछी कोरियामा रहेका केहि अभियन्ताहरुको पहलमा सहयोग संकलन अभियान चलाइएको छ l महा धमाकाको राहतकोष बाट उक्त अभियानमा सहभागी जनाउदै आर्थिक  रकम सहयोग गरिएको हो l

त्यसैगरी अर्का बिरामी तामाङको दुवै मिर्गौला फेल भै कोरियामा उपचार गर्दा धेरै महङ्गो लाग्ने भएकोले हाल नेपालमै उपचार्थ छन् l उनको पनि उपचारमा ठुलो खर्च आउने र आर्थिक स्थिति अति नाजुक भएकोले कोरियामा सहयोग अभियान संचालन गरिएको छ l

दक्षिण कोरियामा सामाजिक रुपमा सक्रिय केहि युवाहरुको आयोजनामा गत बर्ष राहतकोष स्थापनार्थ छुसक सांगीतिक महा – धमाकाको आयोजना गरिएको थियो l उक्त कार्यक्रमबाट संकलित रकम बाट कोरियामा बिरामी तथा अन्य अफ्ठ्यारोमा परेका नेपालीहारुलाई आर्थिक सहयोग हुदै आएको छ l

प्रतिक्रियाहरू