कोरियामा फ्लु बिरुद्वको खोप लगाएका ५ जनाको रहस्यमय मृत्यु

3201

दक्षिण कोरियाले निशुल्क रुपमा प्रदान गरेको रुघाखोकी विरुद्वको फ्लु खोप  लगाएका ५ जना ब्याक्तिको रहस्यमय मृत्यु भएको छ l मौसम परिबर्तन हुदै गर्दा सम्भावित रुखाखोकिको महामारीलाई नियन्त्रण गर्न  सरकारले निशुल्क रुपमा उक्त खोप  दिदै आएको छ l

कोरियन समाचार एजेन्सी योंघापका अनुसार यसरि खोप प्रयोग गरेका मध्ये मृत्यु हुनेमा १७ बर्षीय बस्यक देखि ८२ बर्षीय बृद्व सम्म छन्  l

सोमबार खोप लगाएका ७८ र ८२ बर्षिय २ जना बृद्व  पुरुषको मृत्यु भएको थियो भने इन्छनमा एकजना १७  बयस्कको समेत  मृत्यु भएको थियो l त्यसैगरी एक ७०बर्षिय महिला खोप लगाएपछि कोमामा गएकी छन् l उनीहरुको मृत्युको कारण वारे बिस्तृत छानबिन भैरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् l

राष्ट्रको निशुल्क  योजना  अन्तर्गत मंगलवार मात्र ८३ लाख मानिसहरुले उक्त खोप लगाएका छन् l

प्रतिक्रियाहरू